१० महिनामा नेपाल घुम्न साढे ९ लाख पर्यटक आए, चिनियाँ पर्यटक घटे, अमेरिकी बढे !

काठमाडौँ । सन् २०२४ को १० महिनामा नौ लाख ४० हजार सात सय ३२ विदेशी पर्यटक आएका छन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार अक्टोबरमा कूल एक लाख २४ हजार तीन सय ९३ विदेशी पर्यटक आएका छन् । यो सङ्ख्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६.४ प्रतिशतले बढी हो । सन् २०२३ को अक्टोबरमा एक लाख […]

Nov 5, 2024 - 08:03
 0
१० महिनामा नेपाल घुम्न साढे ९ लाख पर्यटक आए, चिनियाँ पर्यटक घटे, अमेरिकी बढे !

काठमाडौँ । सन् २०२४ को १० महिनामा नौ लाख ४० हजार सात सय ३२ विदेशी पर्यटक आएका छन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार अक्टोबरमा कूल एक लाख २४ हजार तीन सय ९३ विदेशी पर्यटक आएका छन् । यो सङ्ख्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६.४ प्रतिशतले बढी हो ।

सन् २०२३ को अक्टोबरमा एक लाख १७ हजार तीन सय छ पर्यटक आएका थिए । कोभिड-१९ (कोरोना महामारी) पूर्व अर्थात सन् २०१९ को तुलनामा ९२ दशमलव ९६ प्रतिशतले पर्यटकको सङ्ख्यामा पुनरुत्थान भएको बोर्डले जनाएको छ । सन् २०१९ को अक्टोबरमा एक लाख ३४ हजार ९६ विदेशी पर्यटक आएका थिए ।

बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार समग्रमा विदेशी पर्यटक आगमन सन्तोषजनक छ । ‘समग्रमा पर्यटक आगमन सकारात्मक देखिन्छ । अक्टोबरमा आशातित पर्यटक आउन सकेनन्, किनकी महिनाको सुरुआतमै अविरल वर्षाले विपद्जन्य घटना भयो । अबको दुई महिनामा पर्यटक बढ्ने अनुमान गर्न सकिन्छ ।’, लामिछानेले भने ।

भारतीय र चिनियाँ घटे
बोर्डको विश्लेषणमा अगष्ट, सेप्टेम्बार र अक्टोबरमा भारतबाट आउने पर्यटक घटेका छन् । पछिल्ला दुई महिनामा चीनबाट आउने पर्यटक पनि घटेका छन् । अक्टोबरमा भारतबाट १६ हजार तीन सय १३ पर्यटक आएका छन् । गत सेप्टेम्बरमा भारतबाट २२ हजार नौ सय ८४ पर्यटक आएका थिए । यो करिब १३ प्रतिशत गिरावट हो । अगस्टमा २५ हजार आठ सय ३२ भारतीय पर्यटक आएका थिए । अक्टोबरमा चीनबाट आएका सात हजार सात सय ५० पर्यटकले नेपाल भ्रमण गरेका छन् । सेप्टेम्बरमा आठ हजार ४२ र अगस्टमा चीनबाट छ हजार छ सय १४ चिनियाँ पर्यटक आएका थिए । मनसुनका कारण भारतीय र चिनियाँ पर्यटक घटेको अनुमान गरिएको छ ।

अमेरिकी पर्यटक बढे
अक्टोबरमा अमेरिकाबाट आउने पर्यटकको सङ्ख्या अघिल्लो महिनाको तुलनामा १२.८८ प्रतिशतले बढेर कूल १६ हजार २३ पुगेको छ । सेप्टेम्बरमा १० हजार ८४ अमेरिकी पर्यटक भित्रिएका थिए । बेलायतबाट आठ हजार १९ पर्यटक नेपाल भित्रिएका छन् । अष्ट्रेलियाबाट छ हजार नौ सय २९, जर्मनीबाट छ हजार १८ र फ्रान्सबाट पाँच हजार चार सय ८५ पर्यटक आएका छन । बङ्गलादेशबाट चार हजार चार सय ७६, श्रीलङ्काबाट तीन हजार एक सय १२ र इटालीबाट दुई हजार छ सय ३५ पर्यटक आएका छन् ।

मार्चमा सबैभन्दा बढी एक लाख २८ हजार एकसय ६७ पर्यटक आएका छन् भने सबैभन्दा कम जुलाईमा ६४ हजार पाँच सय ९९ पर्यटकले नेपाल भ्रमण गरेका छन् । अक्टोबरमा एक लाख २४ हजार तीन सय ९३ अप्रिलमा एक लाख ११ हजार तीन हजार ७६ पर्यटक आए । सेप्टेम्बरमा ९६ हजार तीन सय पाँच, जनवरीमा ७९ हजार एक सय, फेब्रअरीमा ९७ हजार चार सय २६, मेमा ९० हजार दुई सय ११, जुनमा ७६ हजार सात सय ३६ र अगस्टमा ७२ हजार सात सय १९ पर्यटक नेपाल आएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register