अमेरिकी राष्ट्रपति चुनाव : ट्रम्प वा ह्यारिस कसले जित्लान् ? हिप्पोले गर्यो भविष्यवाणी

काठमाडौं । अमेरिकामा राष्ट्रपति पदका लागि आज मतदान भइरहेको छ । डोनाल्ड ट्रम्प र कमला ह्यारिसबीच प्रतिस्पर्धा हुँदैछ । तर, यसैबीच थाइल्यान्डको चिडियाखानामा रहेको पिग्मी हिप्पो मू देङ फेरि एकपटक चर्चामा आएको छ । मू डेङले सन् २०२४ को अमेरिकी राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्पले जित्ने भविष्यवाणी गरेको छ । वास्तवमा मू देङले एउटा खर्बुजा रोजेको […]

Nov 5, 2024 - 09:33
 0
अमेरिकी राष्ट्रपति चुनाव : ट्रम्प वा ह्यारिस कसले जित्लान् ? हिप्पोले गर्यो भविष्यवाणी

काठमाडौं । अमेरिकामा राष्ट्रपति पदका लागि आज मतदान भइरहेको छ । डोनाल्ड ट्रम्प र कमला ह्यारिसबीच प्रतिस्पर्धा हुँदैछ ।

तर, यसैबीच थाइल्यान्डको चिडियाखानामा रहेको पिग्मी हिप्पो मू देङ फेरि एकपटक चर्चामा आएको छ ।

मू डेङले सन् २०२४ को अमेरिकी राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्पले जित्ने भविष्यवाणी गरेको छ ।

वास्तवमा मू देङले एउटा खर्बुजा रोजेको थियो, जसमा स्थानीय भाषामा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पको नाम लेखिएको थियो ।

पूर्वी थाइल्याण्डको चोनबुरीस्थित खाओ खेभो ओपन चिडियाखानामा सोमबार एउटा प्रयोग गरिएको थियो । जसमा मू देङलाई परीक्षणका लागि पानीबाट बाहिर बोलाइएको थियो । यो प्रयोगमा दुईवटा खर्बुजा राखिएको थियो ।

एउटा खर्बुजामा कमला ह्यारिसको नाम र अर्को खर्बुजामा डोनाल्ड ट्रम्पको नाम लेखिएको थियो । जसमध्ये मू देङले ट्रम्प भएको खर्बुजा रोजेको थियो । सोही आधारमा ट्रम्पले चुनाव जित्ने भन्दै सामाजिक सञ्जालमा भाइरल भएको छ ।

मू देङले ट्रम्पलाई निर्वाचित गरेपछि मेक अमेरिका ग्रेट एगेनका समर्थकहरू खुसी छन् ।

जनावरहरूद्वारा चुनावी नतिजाको भविष्यवाणी गर्ने प्रचलन प्रसिद्ध छ र यसपटक पटक यो प्रयोग गरिएको छ । यसअघि जोए नामको कुकुरले डोनाल्ड ट्रम्पलाई राष्ट्रपतिको रूपमा रोजेको थियो ।

जुलाईमा आफ्नो जन्म भएदेखि नै मू देङ अनलाइन र अफलाइन दुबैमा भाइरल छ । उसले एक्लै चिडियाखानामा आगन्तुकहरूको संख्या बढाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register