झिनो अंकले घट्यो सेयर बजार 

काठमाडौं । साताको कारोबारको पहिलो दिन आज सेयर बजारमा झिनो अंकको गिरावट भएको छ । आज नेप्से परिसूचक ० दशमलव २१ अंकले घटेर २६७७ दशमलव ४० को विन्दुमा पुगेको छ । मंगलबार ३०२ कम्पनीका ४७ हजार ५ सय १५ पटकको कारोबारमा ९७ लाख १३ हजार ७ सय ३० कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा […]

Nov 5, 2024 - 09:39
 0
झिनो अंकले घट्यो सेयर बजार 

काठमाडौं । साताको कारोबारको पहिलो दिन आज सेयर बजारमा झिनो अंकको गिरावट भएको छ । आज नेप्से परिसूचक ० दशमलव २१ अंकले घटेर २६७७ दशमलव ४० को विन्दुमा पुगेको छ ।

मंगलबार ३०२ कम्पनीका ४७ हजार ५ सय १५ पटकको कारोबारमा ९७ लाख १३ हजार ७ सय ३० कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ४ अर्ब २० करोड ५५ लाख ५ हजार रुपैयाँ रहेको छ ।

आज ११३ कम्पनीको सेयर मूल्य बढ्दा १२४ कम्पनीको घटेको छ भने ६ कम्पनीको मूल्य स्थिर रहेको छ । १३ उपसमूहमध्ये ६ वटा घट्दा ७ वटा बढेको छ । सुपर माई हाइड्रोपावरका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् भने आज नेपाल फाइनान्सको कारोबार सर्वाधिक भएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register