लागुऔषधसहित ९ जना पक्राउ

झापा, ४ कात्तिक । सुनसरी र झापाको बिभिन्न स्थानहरुबाट प्रतिबन्धित लागुऔषध सहित ९ जनालई प्रहरीले पक्राउ गरेको छ । सुनसरीको इनरुवा नगरपालिका-६ हलेशी चौक स्थित हरिनगर गाउँपालिका-४ का २३ बर्षीय दिनेश रामलाई प्रतिबन्धित लागुऔषध ट्रामाडोल १२ हजार २०० ट्याब्लेट फेला पारी नियन्त्रणमा लिएको छ । यसैगरी सुनसरीको धरान उप-महानगर-१७ शान्ति टोल स्थित आफ्नै घरबाट लागुऔषध [...] The post लागुऔषधसहित ९ जना पक्राउ appeared first on Jhapa Online.

Oct 20, 2024 - 15:38
 0
लागुऔषधसहित ९ जना पक्राउ

झापा, ४ कात्तिक । सुनसरी र झापाको बिभिन्न स्थानहरुबाट प्रतिबन्धित लागुऔषध सहित ९ जनालई प्रहरीले पक्राउ गरेको छ ।

सुनसरीको इनरुवा नगरपालिका-६ हलेशी चौक स्थित हरिनगर गाउँपालिका-४ का २३ बर्षीय दिनेश रामलाई प्रतिबन्धित लागुऔषध ट्रामाडोल १२ हजार २०० ट्याब्लेट फेला पारी नियन्त्रणमा लिएको छ ।

यसैगरी सुनसरीको धरान उप-महानगर-१७ शान्ति टोल स्थित आफ्नै घरबाट लागुऔषध बिक्री बितरण गर्ने २९ बर्षीया सोफिया तामाङ र धरान-१४ का ४२ बर्षीय कमल कार्कीलाई अस्थायी प्रहरी चौकी रेल्वेबाट खटिएको प्रहरीको टोलीले ५६० मिलिग्राम लागऔषध ब्राउन सुगर सहित कात्तिक ३ गते साँझ नियन्त्रणमा लिएको हो भने कात्तिक ३ गते राती धरान -८ भोटेपुल स्थितबाट ४० बर्षीय विनोद राईको घरमा ५६ बर्षीय राजेश क्षेत्री र २६ बर्षीय रोहित विश्वकर्मालाई वडा प्रहरी कार्यलय धरानको प्रहरी टोलीले ५ सय ७० मिलिग्राम लागऔषध ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो ।

यसैगरी इलाका प्रहरी कार्यालय अनारमनीको पिकेट टोलीले कात्तिक ३ गते अपरान्ह शंकास्पद अवस्थामा हिडीरहेका अर्जुनधारा नगरपालिका -११ का १९ बर्षीय उमेश चौधरी  र पाँचथरका  १९ बर्षीय बिवस मगरको साथबाट लागुऔषध ट्रामाडोल ९० ट्याब्लेट फेला पारी नियन्त्रणमा लिएको हो ।

यसका साथै लागू औषध नियन्त्रण व्यूरो काँकडभिट्टा झापाबाट खटिएको प्रहरी टोलीले कात्तिक ३ गते राती साढे ९ बजे मेचीनगर नगरपालिका-६ मेचीपुल स्थितबाट काभ्रेपलान्चोकका २६ बर्षीय होम कुमार मैनालीलाई १३ ग्राम लागऔषध ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । प्रतिबन्धित लागुऔषध सहित पक्राउ परेका सबैजनाको सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको छ ।

The post लागुऔषधसहित ९ जना पक्राउ appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register