छठ पूजाका लागि सिङ्गारिँदै धनगढीको मोहना घाट

कैलाली । विगत लामो समयदेखि धनगढीको मोहना घाटमा छठ पूजा कार्यक्रम गर्दै आएको छठ पूजा सेवा समिति, धनगढी यसवर्ष पनि पूजाका लागि तयारीमा जुटेको छ । छठ पर्वको तयारीका लागि धनगढीको मोहना घाटमा झन्डै एक महिनादेखि सरसफाइ तथा सिङ्गार्ने कार्य भइरहेको समितिका अध्यक्ष सन्तोष मण्डलले जानकारी दिए । सूर्य भगवान्को पूजाआराधना गरी मनाइने यस पर्वका […]

Nov 5, 2024 - 16:27
 0
छठ पूजाका लागि सिङ्गारिँदै धनगढीको मोहना घाट

कैलाली । विगत लामो समयदेखि धनगढीको मोहना घाटमा छठ पूजा कार्यक्रम गर्दै आएको छठ पूजा सेवा समिति, धनगढी यसवर्ष पनि पूजाका लागि तयारीमा जुटेको छ ।

छठ पर्वको तयारीका लागि धनगढीको मोहना घाटमा झन्डै एक महिनादेखि सरसफाइ तथा सिङ्गार्ने कार्य भइरहेको समितिका अध्यक्ष सन्तोष मण्डलले जानकारी दिए । सूर्य भगवान्को पूजाआराधना गरी मनाइने यस पर्वका लागि घाटमा पूजाकक्ष निर्माणदेखि सजावटका कामहरू भइरहेको उनले बताए ।

घाटमा दुई सय ५० जति पूजास्टल निर्माण गरिएका छन् । ती पूजास्टलमा टेन्ट, बत्ती, रङ्गीचङ्गी माला, पताका लगायतले सजाउने काम भइरहेको छ । यस्तै, भक्तजन तथा दर्शनार्थीहरूलाई पूजास्थल प्रवेशका लागि आकर्षक प्रवेशद्वार निर्माण गरिएको छ । नेपालको पूर्वी भेगबाट ल्याइएका कालिगडले सूर्यको प्रतिमालगायत विभिन्न देवीदेवताका मूर्ति निर्माण गरी पेन्टिङ तथा सजाउने काम गरिरहेका छन् ।

पर्वका अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रम, भजनकीर्तन, विभिन्न सांस्कृतिक झाँकीको प्रस्तुत गरिने अध्यक्ष मण्डलको भनाइ छ । भजनकीर्तन, गायन तथा विभिन्न कार्यक्रमका लागि छिमेकी मुलुक भारतबाट समेत कलाकार निम्त्याइएको उनले बताए । रासस

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register