बेवारिसे अवस्थामा भेटिएका भारतीय नागरिकको उपचार हुँदै

सुर्खेत । कालीकोटमा अचेत अवस्थामा भेटिएका भारतीय नागरिकको जिल्ला अस्पताल कालीकोटमा उपचार भइरहेको छ । भारतको उत्तर प्रदेश घर बताउने ३२ वर्षिय रणवीर चौरसियाको बेवारिसे अवस्थामा फेला परेका हुन् । कालीकोटअन्तर्गत खाडाँचक्र नगरपालिका–२ हुल्म बजारको सडक छेउमा बेवारिसे अवस्थामा भेटिएको जानकारीपछि प्रहरी चौकी हुल्म प्रहरीले उद्दार गरेर अस्पतालमा लगेको जनस्वास्थ्य कार्यालय कालीकोटका जनस्वास्थ्य अधिकृत कटकबहादुर […]

Nov 6, 2024 - 07:03
 0
बेवारिसे अवस्थामा भेटिएका भारतीय नागरिकको उपचार हुँदै

सुर्खेत । कालीकोटमा अचेत अवस्थामा भेटिएका भारतीय नागरिकको जिल्ला अस्पताल कालीकोटमा उपचार भइरहेको छ ।

भारतको उत्तर प्रदेश घर बताउने ३२ वर्षिय रणवीर चौरसियाको बेवारिसे अवस्थामा फेला परेका हुन् ।

कालीकोटअन्तर्गत खाडाँचक्र नगरपालिका–२ हुल्म बजारको सडक छेउमा बेवारिसे अवस्थामा भेटिएको जानकारीपछि प्रहरी चौकी हुल्म प्रहरीले उद्दार गरेर अस्पतालमा लगेको जनस्वास्थ्य कार्यालय कालीकोटका जनस्वास्थ्य अधिकृत कटकबहादुर महतले बताए ।

‘नेपाल प्रहरीद्वारा उद्वार गरी उपचारार्थ यस कार्यालय अन्तर्गत कालीकोट अस्पतालमा हिजोबाट (अपरान्ह १ बजे)तिर ल्याएकोमा स्वास्थ्य परिक्षण गर्दा मानसिक विकारसँग मूल्यांकन अन्तर्गतको रोग लागेको पाइयो ।’ उनले भने, ‘उहाँको हाल अस्पतालको आकस्मिक कक्षमा भर्ना गरी उपचार भइरहेको छ ।’

उनको स्वास्थ्य अवस्था निकै गम्भीर भएकोले तत्काल थप उपचारको आवश्यकता पर्ने भएको हुँदा चिन्ने व्यक्तिले सम्पर्क गर्न प्रहरीले आग्रह गरेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register