सुटुक्क जापान गएर विवादमा तानिएका कोशीका मन्त्रीले दिए राजीनामा

काठमाडाैं । सुटुक्क जापान गएर विवादमा तानिएका कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीले पदबाट राजीनामा दिएका छन् । मन्त्री अधिकारीले बुधवार मुख्यमन्त्री हिक्मतकुमार कार्कीसमक्ष राजीनामा बुझाएको उनका प्रमुख स्वकीय सचिव रेवतकुमार बस्नेतले नेपाल भ्युजलाई जानकारी दिए । मन्त्रिपरिषद्बाट स्वीकृत नगरी जापान भ्रमणमा गएको विषय विवादमा परेपछि उनले राजीनामा दिएका हुन् । उनी गत […]

Nov 6, 2024 - 07:21
 0
सुटुक्क जापान गएर विवादमा तानिएका कोशीका मन्त्रीले दिए राजीनामा

काठमाडाैं । सुटुक्क जापान गएर विवादमा तानिएका कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीले पदबाट राजीनामा दिएका छन् ।

मन्त्री अधिकारीले बुधवार मुख्यमन्त्री हिक्मतकुमार कार्कीसमक्ष राजीनामा बुझाएको उनका प्रमुख स्वकीय सचिव रेवतकुमार बस्नेतले नेपाल भ्युजलाई जानकारी दिए ।

मन्त्रिपरिषद्बाट स्वीकृत नगरी जापान भ्रमणमा गएको विषय विवादमा परेपछि उनले राजीनामा दिएका हुन् ।

उनी गत कात्तिक १३ गते कूटनीतिक मर्यादा उल्लंघन गर्दै जापान गएका थिए । जापान जाँदा उनले मुख्यमन्त्री कार्कीलाई पनि जानकारी दिएका थिएनन् ।

अधिकारी मोरङ क्षेत्र नम्बर २ (२) बाट निर्वाचित नेकपा (एमाले)का सांसद हुन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register