पाँच वर्ष कैद सजाय सुनाएलगतै दीपक मनाङेको मोबाइल अफ, पक्राउ गर्न प्रहरी परिचालन

सर्वोच्चले ज्यान मार्ने उद्योगमा पाँच वर्ष कैद सजाय सुनाएपछि मनाङे मोबाइल अफ गरेर सम्पर्कविहीन भएका छन् । फैसला कार्यान्वयनको लागि प्रहरी परिचालन भएको छ ।

Nov 6, 2024 - 08:09
 0
पाँच वर्ष कैद सजाय सुनाएलगतै दीपक मनाङेको मोबाइल अफ, पक्राउ गर्न प्रहरी परिचालन

पोखरा । गण्डकीका प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री दीपक मनाङे (राजीव गुरुङ)लाई सर्वोच्च अदालतले ज्यान मार्ने उद्योगमा पाँच वर्ष कैद सजाय सुनाएपछि मोबाइल अफ गरेर सम्पर्कविहीन भएका छन् ।

दुई समूहबीचको झगडामा ज्यान मार्ने मुद्दामा दोषी ठहर गर्दै कैद फैसला सुनाएपछि सार्वजनिक ठाउँमा देखिएका छैनन् । मनाङे केही दिनअघि कास्कीमै थिए ।

बीचको झगडामा तरबार प्रहार गरेर ज्यान मार्ने उद्योग गरेको अभियोगमा मनाङेविरुद्ध मुद्दा चलेको २० वर्षपछि मंगलबार न्यायालयले अन्तिम फैसला गरेको हो । फैसलालगतै कार्यान्वयनको लागि प्रहरी परिचालन भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कास्कीको टोली र सीआइबीको अदालतको फैसला कार्यान्वयन गर्ने टोली मनाङेको पक्राउको लागि परिचालन भएको प्रहरी स्रोतले जनाएको छ । स्रोतले भन्यो, ‘उहाँ पोखरा आसपासमै भएको भएको बुझिएको छ । पक्राउको लागि टोली परिचालन भएको छ ।’

मनाङेले पक्राउ परेमा साँढे २ वर्ष मात्र जेल बसे पुग्छ । किनकि यसअघि दुई पटक गरेर ३२ महिना जेल बसिसकेका थिए । मनाङेले बाँकी २८ महिना कैद भुक्तान गर्नुपर्नेछ  ।

तत्कालीन पुनरावेदन अदालत पाटनले मनाङेविरुद्ध १२ वर्षअघि सुनाएको पाँच वर्ष कैद सजाय हुने फैसला सुनाएको थियो । सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र टेकप्रसाद ढुङ्गानाको इजलासले सोही फैसला सदर गरेको थियो ।

मनाङे गण्डकीका प्रदेशसभा सदस्य समेत हुन् । सर्वोच्चका प्रवक्ता अच्युत कुइँकेलका अनुसार सर्वोच्चबाट लिखित फैसलाले यसबारे सांसद पद के हुन्छ भन्ने तय गर्नेछ ।

भ्रष्टाचार, जबरजस्ती करणी, मानव बेचबिखन तथा ओसारपसार, लागूऔषध बिक्री वितरण तथा निकासी वा पैठारी, सम्पत्ति शुद्धीकरण, राहदानी दुरुपयोग, अपहरणसम्बन्धी कसुर वा नैतिक पतन देखिने अन्य फौजदारी कसुरमा सजाय पाई वा कुनै कसुरमा भएको’ व्यक्ति प्रदेशसभा सदस्य हुन नसक्ने उल्लेख छ  । ज्यान मार्ने उद्योगमा दोषी ठहर भएका मनाङेको कसुर नैतिक पतन देखिनेमा पर्ने भएकाले सांसद पद जाने बताइन्छ ।

मनाङे हाल दोषी करार भएको मुद्दाको घटना २०६१ वैशाख ३१ को हो । मनाङेले आफ्ना प्रतिद्वन्द्वी गुन्डा नाइके चक्रे मिलनको देब्रे हात खुँडाले हानेर छिनाएका थिए । घटनापछि चक्रे मिलन छिनेको हात बोकेर अस्पताल पुगेका थिए  ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register