लुम्बिनीलाई हराउँदै सुदूरपश्चिमले जित्यो यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि

काठमाडौं । सुदूरपश्चिम प्रदेशले यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । बुधबार भएको फाइनल खेलमा सुदूरपश्चिमले लुम्बिनी प्रदेशलाई ८ रनले पराजित गरेको हो । १२८ रनको लक्ष्य पछ्याएको लुम्बिनीले ४३.१ ओभरमा अलआउट हुँदा मात्र ११९ रन बनायो । लुम्बिनीका लागि कप्तान आकाश त्रिपाठीले २२ र शिव कुँवरले २० रन बनाए । सुदूरुपश्चिमका लागि हेमान्त […]

Nov 6, 2024 - 09:33
 0
लुम्बिनीलाई हराउँदै सुदूरपश्चिमले जित्यो यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि

काठमाडौं । सुदूरपश्चिम प्रदेशले यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।

बुधबार भएको फाइनल खेलमा सुदूरपश्चिमले लुम्बिनी प्रदेशलाई ८ रनले पराजित गरेको हो । १२८ रनको लक्ष्य पछ्याएको लुम्बिनीले ४३.१ ओभरमा अलआउट हुँदा मात्र ११९ रन बनायो ।

लुम्बिनीका लागि कप्तान आकाश त्रिपाठीले २२ र शिव कुँवरले २० रन बनाए । सुदूरुपश्चिमका लागि हेमान्त धामीले ४ तथा सचिन भट्ट र नरेन साउदले २–२ तथा अशोक धामीले १ विकेट लिए ।

विराटनगरस्थित गिरिजा प्रसाद कोइराला क्रिकेट स्टेडियममा जारी खेलमा सुदूरपश्चिम ३७.३ ओभरमा १३७ रनमा अलआउट भएको हो ।

पहिले ब्याटिङ गरेको सुदूरपश्चिम ३७.३ ओभरमा १२७ रनमा अलआउट भयो । सुदूरपश्चिमका लागि अभिषेक थापाले २९ र नरेन भट्टले २७ रन बनाए । नरेन साउदले १५, राजेश एयरले १४ र दिपक रोकायाले ११ रनको योगदान गरे । अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।

लुम्बिनीका लागि सन्तोष यादवले ५ विकेट लिए । सन्तोषले १० ओभरमा २८ रन खर्चेर ५ विकेट लिए । रमेश कुर्मीले ३ तथा शिव कुँवरले १ विकेट लिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register