कोशीका गृहमन्त्री नै मानव तस्करीमा मुछिए, असबन्धितलाई कर्मचारी बनाएर जापान लैजाने प्रयास

असम्बन्धित व्यक्तिलाई कर्मचारी बनाएर जापान लैजाने प्रयास गरेको घटनामा संलग्न ७ जना पक्राउ परेसँगै घटना बाहिरिएको हो ।

Nov 6, 2024 - 10:45
 0
कोशीका गृहमन्त्री नै मानव तस्करीमा मुछिए, असबन्धितलाई कर्मचारी बनाएर जापान लैजाने प्रयास

विराटनगर । जापानमा हुने कार्यक्रममा कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीलाई बोलाएर मानव तस्करी गरिएको खुलासा भएको छ ।

असम्बन्धित व्यक्तिलाई कर्मचारी बनाएर जापान लैजाने प्रयास गरेको घटनामा संलग्न ७ जना पक्राउ परेसँगै घटना बाहिरिएको हो ।

कोशी प्रदेश सरकारका आन्तरिक मामिला मन्त्री अधिकारी मन्त्रीपरिषद्लाई जानकारी नगराई जापान गएका थिए ।

उनीसँगै सचिवालय कर्मचारी बनाएर अन्य तीन जनालाई जापान लैजान खोजिएको घटनामा सातजना पक्राउ परेका हुन् । जापान जान खोज्नेमा जनक राई, दावा शेर्पा, देवकोटा थरका एक जना छन् ।

उनीहरूसँग मन्त्रालयको कर्मचारीको नक्कली कार्डसमेत फेला परेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरूलाई हिरासतमा राखेर सिआईबीले अनुसन्धान गरिरहेको छ ।

घटनाका विषयमा प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयले पनि पुष्टि गरेको छ । घटनाका संलग्न गिरोह पक्राउ परेपछि अधिकारीले राजीनामा दिएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register