छठ पूजाका लागि बिर्तामोडको कृषि थोकबाट साढे ३७ लाखको केरा बिक्री

झापा, २२ कात्तिक । छठ पूजाका लागि बिर्तामोडको कृषि थोक बजारबाट करिब साढे ३७ लाख बराबरको केरा बिक्री भएको छ । छठ पूजाका लागि ब्रतालुहरुले तीन दिनमा बिर्तामोडको कृषि थोकबाट उक्त मूल्य बराबरको केरा बिक्री भएको हो । छठ पर्वका लागि प्रतिदिन १५ सय घरीका दरले केरा बिक्री भएको कृषि बजार व्यवस्थापन समितिकी तथ्यांक सहायक [...] The post छठ पूजाका लागि बिर्तामोडको कृषि थोकबाट साढे ३७ लाखको केरा बिक्री appeared first on Jhapa Online.

Nov 7, 2024 - 04:40
 0
छठ पूजाका लागि बिर्तामोडको कृषि थोकबाट साढे ३७ लाखको केरा बिक्री

झापा, २२ कात्तिक । छठ पूजाका लागि बिर्तामोडको कृषि थोक बजारबाट करिब साढे ३७ लाख बराबरको केरा बिक्री भएको छ ।

छठ पूजाका लागि ब्रतालुहरुले तीन दिनमा बिर्तामोडको कृषि थोकबाट उक्त मूल्य बराबरको केरा बिक्री भएको हो । छठ पर्वका लागि प्रतिदिन १५ सय घरीका दरले केरा बिक्री भएको कृषि बजार व्यवस्थापन समितिकी तथ्यांक सहायक माया राजवंशीले बताइन् । उनले केराको घरी ३५० देखि ९०० रुपैयाँसम्म बिक्री भएको जानकारी दिइन् ।

कृषि थोकमा इलामको दानावारी, महमाई, झापाको खुदुनावारी, शनिश्चरे लगायतका स्थानबाट केरा बिक्रीका लागि आउने गरेको छ । गत वर्षको तुलनामा यस वर्ष छठ पर्वमा केराको माग बढेको छ । ब्रतालुहरुको संख्या थपिदै गएपछि केराको माग बढेको हो ।

The post छठ पूजाका लागि बिर्तामोडको कृषि थोकबाट साढे ३७ लाखको केरा बिक्री appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register