जर्मनीमा असमानता र गरिबीको जोखिम

बर्लिन । हालैका वर्षहरूमा सम्पत्तिमा वृद्धि भए तापनि जर्मनीमा असमानता र गरिबीको जोखिममा खासै परिवर्तन नभएको बुधबार प्रकाशित प्रतिवेदनले देखाएको छ । सन् २०२१ मा जर्मनीका शीर्ष १० प्रतिशत घरपरिवारले देशको कूल सम्पत्तिको ५६ प्रतिशत ओगटेका थिए । यसले जर्मनीलाई युरोपमा सबैभन्दा असमान मुलुकहरूमा राखेको सामाजिक विज्ञान अनुसन्धान केन्द्र बर्लिन (डब्लूजेडबी) द्वारा संयुक्त रूपमा प्रकाशित […]

Nov 7, 2024 - 04:09
 0
जर्मनीमा असमानता र गरिबीको जोखिम

बर्लिन । हालैका वर्षहरूमा सम्पत्तिमा वृद्धि भए तापनि जर्मनीमा असमानता र गरिबीको जोखिममा खासै परिवर्तन नभएको बुधबार प्रकाशित प्रतिवेदनले देखाएको छ ।

सन् २०२१ मा जर्मनीका शीर्ष १० प्रतिशत घरपरिवारले देशको कूल सम्पत्तिको ५६ प्रतिशत ओगटेका थिए । यसले जर्मनीलाई युरोपमा सबैभन्दा असमान मुलुकहरूमा राखेको सामाजिक विज्ञान अनुसन्धान केन्द्र बर्लिन (डब्लूजेडबी) द्वारा संयुक्त रूपमा प्रकाशित २०२४ सामाजिक प्रतिवेदनमा उल्लेख छ ।

विशेषगरी पूर्वी र पश्चिम जर्मनीबीच सम्पत्ति वितरणमा असमानता उच्च छ । पूर्वी जर्मन घरपरिवारको औसत सम्पत्ति एक लाख ५० हजार नौ सय युरो रहेको छ भने पश्चिममा तीन लाख ५९ हजार आठ सय युरो रहेको प्रतिवेदनमा बताइएको छ । पछिल्लो दशकमा यसमा थोरै सुधार देखिएको छ ।

प्रतिवेदनले पूर्वी जर्मनीमा ६० देखि ७९ वर्ष उमेर समूहका चारमध्ये एकजना गरिबीको जोखिममा रहेको पनि प्रकाश पारेको छ ।

जर्मन समाचार एजेन्सी डीपीएका अनुसार डब्लूजेडबी विशेषज्ञ फिलिप वोत्श्याकले पूर्वी र पश्चिम जर्मनीबीचको निरन्तर असन्तुलन आंशिक रूपमा पूर्वमा कम ज्याला स्तरको कारणले भएको हो । पूर्वमा कम ज्याला स्तर हुँदा सम्पत्ति सञ्चयलाई सीमित गरेको बताइएको छ ।

यसबाहेक आंशिक रूपमा जनसङ्ख्याको गिरावटका कारण पूर्वी जर्मनीमा सम्पत्तिको मूल्यमा कुनै वृद्धि देखिएको छैन ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register