टी-२० विश्वकप छनोट : नेपालले दियो कुवेतलाई १३१ रनको लक्ष्य

काठमाडौं । महिला यू–१९ महिला टी-२० विश्वकप एसिया छनोटमा नेपालले कुवेतलाई १३१ रनको लक्ष्य दिएको छ । यूएईको अजमानस्थित द सेभेन्स स्टेडियममा जारी खेलमा पहिले ब्याटिङ गरेको नेपालले पूरै ओभर खेलेर ८ विकेटको क्षतिमा १३० रन बनायो । नेपालका लागि पुजा महतोले ३४, साना प्रविनले २५, ज्योत्स्निका मरासिनीले २३ र अलिशा कुमारी यादवले १५ रन […]

Nov 7, 2024 - 07:21
 0
टी-२० विश्वकप छनोट : नेपालले दियो कुवेतलाई १३१ रनको लक्ष्य

काठमाडौं । महिला यू–१९ महिला टी-२० विश्वकप एसिया छनोटमा नेपालले कुवेतलाई १३१ रनको लक्ष्य दिएको छ ।

यूएईको अजमानस्थित द सेभेन्स स्टेडियममा जारी खेलमा पहिले ब्याटिङ गरेको नेपालले पूरै ओभर खेलेर ८ विकेटको क्षतिमा १३० रन बनायो ।

नेपालका लागि पुजा महतोले ३४, साना प्रविनले २५, ज्योत्स्निका मरासिनीले २३ र अलिशा कुमारी यादवले १५ रन बनाइन् । अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।

कुवेतका लागि भने आयेशा इक्बाल पेवेकरले २ विकेट लिइन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register