अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै (तस्वीरहरू)

काठमाडौं । कार्तिक शुक्ल चौथीका दिनदेखि सुरु भएको छठ पर्वको आज मुख्य दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिइएको छ । पशुपति क्षेत्रस्थित गुह्येश्वरीमा निर्माण गरिएको छठघाटमा पनि छठी माताको पूजा आराधना गरी सूर्यलाई अर्घ्य दिइएको हो । निराहार व्रत बसेका व्रतालुले अस्ताउँदो सूर्यलाई अर्घ्य दिई रातभर छठ घाटमै जाग्राम बस्ने गर्छन् । छठको विधि भने कोजाग्रत […]

Nov 7, 2024 - 11:51
 0
अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै (तस्वीरहरू)

काठमाडौं । कार्तिक शुक्ल चौथीका दिनदेखि सुरु भएको छठ पर्वको आज मुख्य दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिइएको छ ।

पशुपति क्षेत्रस्थित गुह्येश्वरीमा निर्माण गरिएको छठघाटमा पनि छठी माताको पूजा आराधना गरी सूर्यलाई अर्घ्य दिइएको हो ।

निराहार व्रत बसेका व्रतालुले अस्ताउँदो सूर्यलाई अर्घ्य दिई रातभर छठ घाटमै जाग्राम बस्ने गर्छन् । छठको विधि भने कोजाग्रत पूर्णिमाका भोलिपल्ट अर्थात् कार्तिक कृष्ण प्रतिपदादेखि नै सुरु भएको हो ।

कार्तिक शुक्ल सप्तमीका अवसरमा शुक्रबार बिहान उदाउँदा सूर्यलाई अर्घ्य दिएपछि चार दिन लामो छठको व्रत विधि समापन हुन्छ । गुह्येश्वरी क्षेत्रमा छठ पर्व मनाउन आउने भक्तजनको घुइँचो छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register