कनकाई–९ घैलाडुब्बामा उल्लासका साथ समावेशी रुपमा छठ पर्व मनाइँदै

कनकाई, २२ कात्तिक । झापाको कनकाई नगरपालिका–९ स्थित घैलाडुब्बामा समावेशी रुपमा छठ पर्व मनाइँदैछ । बिरिङ खोलाको किनारमा यहाँका स्थानीयबासीले समावेशी रुपमा छठ पर्व मनाइरहेका हुन् । २०४५ सालदेखि नै यहाँ छठ पर्व गरिँदै आए पनि पछिल्लो समय सबै जातजाति मिलेर समावेशी रुपमा छठ पर्व मनाउँदै आएको श्री छठ पूजा समिति कनकाई–९ घैलाडुब्बाका अध्यक्ष राजेश [...] The post कनकाई–९ घैलाडुब्बामा उल्लासका साथ समावेशी रुपमा छठ पर्व मनाइँदै appeared first on Jhapa Online.

Nov 7, 2024 - 15:46
 0
कनकाई–९ घैलाडुब्बामा उल्लासका साथ समावेशी रुपमा छठ पर्व मनाइँदै

कनकाई, २२ कात्तिक । झापाको कनकाई नगरपालिका–९ स्थित घैलाडुब्बामा समावेशी रुपमा छठ पर्व मनाइँदैछ ।

बिरिङ खोलाको किनारमा यहाँका स्थानीयबासीले समावेशी रुपमा छठ पर्व मनाइरहेका हुन् । २०४५ सालदेखि नै यहाँ छठ पर्व गरिँदै आए पनि पछिल्लो समय सबै जातजाति मिलेर समावेशी रुपमा छठ पर्व मनाउँदै आएको श्री छठ पूजा समिति कनकाई–९ घैलाडुब्बाका अध्यक्ष राजेश शाहले बताउनुभयो ।

“मधेशी–पहाडी दुवै समुदायका मानिसले छठ गर्दै आएका छौं”, उहाँले भन्नुभयो, “आस्था हुने जोकोहीले छठ पर्व गर्न सक्छन् ।”
पहिला मधेशी समुदायले छठ पर्व गरे पनि अहिले अन्य समुदायका मानिसले समेत छठ पर्व गर्न थालेको बताउँदै कनकाई–९ घैलाडुब्बाका भूमि पराजुलीले भन्नुभयो, “हामी पनि गर्दैछौं ।”

कनकाई–९ का गोविन्दकुमार प्रधानले लामो समयदेखि यहाँ छठ पर्व मनाउँदै आएको बताउनुभयो । “पछिल्लो पाँच/छ वर्षयता सबैले मिलेर पूजा गर्दै आएका छौं”, उहाँले भन्नुभयो, “छठ पर्व यहाँ साझा भइसकेको छ ।”

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला ।

https://www.facebook.com/jhapaonlineportal/videos/1913154925846111

स्थानीयबासी प्रेम उप्रेतीले २०४५ सालताका छठ पर्वका बेला यहाँका मानिस अन्यत्रै जाने गरेको बताउनुभयो । “अहिले यहीँ भव्यताका साथ पर्व मनाउने गरिएको छ”, उहाँले भन्नुभयो, “पर्व पनि साझा नै बनिसकेको छ ।”

छठ पर्वको अनेकौं विशेषता भए पनि पुस्तौंदेखि आफूहरुले छठ पर्व गर्दै आएको राजेश ठाकुरले बताउनुभयो । “पहिला यहाँ हामी मधेशीमूलकाले मात्रै गर्दै आएका थियौं”, उहाँले भन्नुभयो, “अहिले सबैले गर्दै आएका छौं ।”

घैलाडुब्बामा छठ पर्वका लागि ३५ वटा घाट निर्माण गरिएको छ । छठ पर्वकै अवसरमा आज सांगीतिक कार्यक्रम राखिएको छ । भजन गायक कृष्ण भण्डारी लगायतका कलाकारले प्रस्तुती दिने आयोजक छठ पूजा समितिले जनाएको छ ।

The post कनकाई–९ घैलाडुब्बामा उल्लासका साथ समावेशी रुपमा छठ पर्व मनाइँदै appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register