यो वर्षको मनसुन सकियो, बाढी पूर्वानुमान कार्य स्थगित

झापा, २९ असोज । जल तथा मौसम विभागले यो वर्षको मनसुन सकिएको र नदीहरूमा पानीको बहाव कम भएकोले बाढी पूर्वानुमानको काम अर्को मनसुन सम्मका लागि स्थगित गरेको छ । मंगलबार एक सूचना जारी गर्दै विभागले मनसुन पूर्ण रूपमा बाहिरिएको र अब नदीहरूमा बाढी नबढ्ने देखिएकोले बाढी पूर्वानुमान र पूर्वसूचना सम्बन्धी नियमित कार्य अर्को मनसुनसम्म स्थगन [...] The post यो वर्षको मनसुन सकियो, बाढी पूर्वानुमान कार्य स्थगित appeared first on Jhapa Online.

Oct 15, 2024 - 13:25
 0
यो वर्षको मनसुन सकियो, बाढी पूर्वानुमान कार्य स्थगित

झापा, २९ असोज । जल तथा मौसम विभागले यो वर्षको मनसुन सकिएको र नदीहरूमा पानीको बहाव कम भएकोले बाढी पूर्वानुमानको काम अर्को मनसुन सम्मका लागि स्थगित गरेको छ ।

मंगलबार एक सूचना जारी गर्दै विभागले मनसुन पूर्ण रूपमा बाहिरिएको र अब नदीहरूमा बाढी नबढ्ने देखिएकोले बाढी पूर्वानुमान र पूर्वसूचना सम्बन्धी नियमित कार्य अर्को मनसुनसम्म स्थगन हुने जनाएको हो ।

विभागले भनेको छ, ‘२०८१ सालको मनसुन नेपालबाट असोज २६ गते देखि पूर्णरूपमा बाहिरिएको र नदीमा बहाव उल्लेख्य बढ्ने नदेखिएकाले बाढी पूर्वानुमान र पूर्वसूचना सम्बन्धी नियमित कार्य अर्को मनसुनसम्म स्थगन हुनेछ । बिहान ७ बजे बाढी पूर्वानुमान बुलेटिन जारी नहुने, बाढी पूर्वसूचनाको टोल फ्री ११५५ अर्को मनसुनसम्म स्थगन हुनेछ ।’

यो वर्षको मनसुन अवधिमा बाढी पूर्वानुमान र पूर्वसूचनामा सहकार्य गर्नेहरूलाई पनि विभागको बाढी पूर्वानुमान महाशाखाले धन्यवाद ज्ञापन गरेको छ ।

The post यो वर्षको मनसुन सकियो, बाढी पूर्वानुमान कार्य स्थगित appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register