खुद्रा साकोसको १८ औं वार्षिक साधारणसभा, विभिन्न विधामा १३ जना सम्मानित

शिवसताक्षी, २४ कात्तिक । झापा शिवसताको दुधेमा रहेको खुद्रा बचत तथा ऋण सहकारी संस्थाले १८ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । संस्थाले आज विभिन्न विधामा सहकारीका सदस्यहरुलाई सम्मान गर्दै आफ्नो वार्षिक साधारण सभा सम्पन्न गरेको हो । संस्थाले वार्षिक साधारण सभाको अवसर पारेर संस्थामा शेयर सदस्यहरु १३ जनालाई सम्मान गरेको खुद्रा बचत तथा [...] The post खुद्रा साकोसको १८ औं वार्षिक साधारणसभा, विभिन्न विधामा १३ जना सम्मानित appeared first on Jhapa Online.

Nov 9, 2024 - 14:46
 0
खुद्रा साकोसको १८ औं वार्षिक साधारणसभा, विभिन्न विधामा १३ जना सम्मानित

शिवसताक्षी, २४ कात्तिक । झापा शिवसताको दुधेमा रहेको खुद्रा बचत तथा ऋण सहकारी संस्थाले १८ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । संस्थाले आज विभिन्न विधामा सहकारीका सदस्यहरुलाई सम्मान गर्दै आफ्नो वार्षिक साधारण सभा सम्पन्न गरेको हो ।


संस्थाले वार्षिक साधारण सभाको अवसर पारेर संस्थामा शेयर सदस्यहरु १३ जनालाई सम्मान गरेको खुद्रा बचत तथा ऋण सहकारी संस्थाले जनाएको छ । सम्मानित हुनेहरुमा जेष्ठ सदस्यहरुतर्फ छविलाल पाठक, डिकबहादुर बुढाथोकी, रन्जनादेवी जवेगु, र डम्बरकुमारी ढकाल रहेका छन । त्यस्तै असल बचत कर्ता तर्फ भीमबहादुर थाम्सुहाङ्ग, रुद्र बजगाई, असल ऋणीतर्फ मनिकुमारी नेम्वाङ्ग, खगेन्द्र उप्रेतीलाई सम्मान गरिएको संस्थाका अध्यक्ष नारायणप्रसाद बजगाईँले जानकारी दिए ।


त्यसैगरी संस्थाले संस्थाका सदस्यहरुको छोरा छोरी मध्येबाट २०८० सालको एसइइ परीक्षामा उत्कृष्ट जिपिए प्राप्त गर्ने ४ जनालाई सम्मान गरेको छ । जसमा सामुदायिक विद्यालयतर्फबाट आर्जु चुडाल, प्रज्वल मैनाली, संस्थागत विद्यालय तर्फका आभास बानिया र मल्लिका दुलाललाई सम्मान गरिएको छ। संस्थाले सबैलाई नगद जनही २५ सय सहित सम्मान गरेको जनाएको छ । त्यस्तै कार्यक्रमकी प्रमुख अतिथि समेत रहकी कोशी प्रदेश सहकारी बचत संघकी वरिष्ठ उपाध्यक्ष चन्द्रा खड्का भट्टराईलाई समेत संस्थाले सहकारी अभियान्ताको रुपमा सम्मान गरेको थियो ।


संस्थाले आ.व. २०८०/८१ मा १ करोड ४४ लाख ८८ हजार ८९२ आम्दानी र १ करोड ६३ लाख ४८ हजार ५१२ खर्च विवरण प्रतिवेदन उल्लेख गरेको छ । त्यस्तै गरी संस्थाले आ.व. २०८०/ ८१ मा ८ करोड ६४ लाख ३ हजार ५२१ बचत संकलन र ९ करोड ५० लाख ८४ हजार ७४६ रकम ऋण लगानी गरेको संस्थाले जनाएको छ।


साधारण सभामा संस्थाका अध्यक्ष नारायण प्रसाद बजागाईँले सञ्चालक समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले सहकारी क्षेत्रमा कोभिड पछाडीका समयहरु प्रतिकुल हुँदै गरेको बताए । देश भरी आर्थिक मन्दीका कारण व्यवासयीहरु धारासायी बन्दा त्यसको केही असर आफ्नै सहकारीमा पनि पर्न थालेको छ ।

उनले भने, यसैका कारण सहकारीले अघिल्लो वर्षमा अनुमान गरेको लक्ष्यमा पुग्न सकिरहेको छैन । कतिपय ऋणीहरु सदस्यहरु अभियान्ता बनेर विद्रोहमा उत्रिएका समेत पाइएको छ । कतिपय ऋणीहरु डिप्रेसनको सिकार भएको विभिन्न सञ्चार माध्यमहरुबाट सुनिएको छ । यस्तो प्रतिकुल अवस्थामा पनि यस संस्थालाई अघि बढाउन हामी सफल भइरहेको अध्यक्ष बजगाईको भनाई छ ।


कार्यक्रमकी प्रमुख अतिथि सहकारी अभियान्ता चन्द्रा खड्का भट्टराईले देशै भरी वित्तीय संकट हुँदा कोभिड पछाडी वित्तीय कारोबार गर्ने सबै क्षेत्रमा समस्या पर्न थालेको बताइन् । सहकारीले आफ्नो कारोबार शेयर सदस्यहरुलाई चुस्त दुरुस्त देखाई अहिलेको वित्तीय संकटको सामाना गर्दै यसलाई माथी उठान भुमिका खेल्नु पर्ने उनले बताइन् । केही सहकारीले ऐन र विनियम विपरित कारोबार गर्दा समस्या आएको छ । सहकारीले सहकारी ऐन र परिधि भित्र रहेर कार्य गर्न समेत उनले सुझाएका थिइन् ।


कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी शिवसताक्षीका सभापति गोविन्द काफ्ले, सतासीधाम खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष दिपक गिरी, सताक्षीधाम साहित्य संगमका अध्यक्ष उमानाथ दाहाल लगायतले शुभकामना मन्तव्य राखेका थिए । संस्थाको लेखा समितिको प्रतिवेदन लेखा समिति संयोजक धनबहादुर कटुवालले प्रस्तुत गरेका थिए भने कार्यक्रमका सञ्चालन संस्थाका लेखापाल लोकेश खनालले गरेका थिए ।

The post खुद्रा साकोसको १८ औं वार्षिक साधारणसभा, विभिन्न विधामा १३ जना सम्मानित appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register