सुर्खेतमा बढी यात्रु राख्ने गाडीमाथि कारबाही, १५ वटा बस सुब्बाकुनामा रोकिए

सुर्खेत । सुर्खेतबाट काठमाडौं जाने रात्रीकालिन बसमा निर्धारित सिट क्षमता भन्दा बढी यात्रु राखेको भन्दै प्रहरीले १५ वटा बस वीरेन्द्रनगरस्थित सुब्बाकुनामा रोकेको छ । रात्रीकालिन बसमा सिट क्षमता भन्दा बढी यात्रु राखेको पाइएपछि सुब्बाकुनामा १५ वटा बस रोकेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक रुपेश खड्काले जानकारी दिए । उनले यात्रुहरूको सुरक्षाका लागि बस समितिका […]

Nov 9, 2024 - 15:39
 0
सुर्खेतमा बढी यात्रु राख्ने गाडीमाथि कारबाही, १५ वटा बस सुब्बाकुनामा रोकिए

सुर्खेत । सुर्खेतबाट काठमाडौं जाने रात्रीकालिन बसमा निर्धारित सिट क्षमता भन्दा बढी यात्रु राखेको भन्दै प्रहरीले १५ वटा बस वीरेन्द्रनगरस्थित सुब्बाकुनामा रोकेको छ ।

रात्रीकालिन बसमा सिट क्षमता भन्दा बढी यात्रु राखेको पाइएपछि सुब्बाकुनामा १५ वटा बस रोकेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक रुपेश खड्काले जानकारी दिए ।

उनले यात्रुहरूको सुरक्षाका लागि बस समितिका मान्छेलाई अर्को बसको व्यवस्थापन गर्न आग्रह गरेको बताए । उपरीक्षक खड्काले अर्को बसको व्यवस्था नगरेसम्म कुनै पनि रात्रीकालिन बसलाई छोड्न नदिने निर्णय गरेको बताए ।

‘हामीले बस समितिका प्रतिनिधिहरूसँग संवाद गरेका छौँ र यात्रुहरूको सुरक्षाका लागि तुरुन्तै अर्को बसको व्यवस्थापन गर्न अनुरोध गरेका छौँ,’ उनले भने ।

शुक्रबार दैलेखबाट सुर्खेत आउँदै गरेको ०२०० ख ०९९८ नम्बरको फोर्स गाडी वीरेन्द्रनगर नगरपालिका–१४ रातानाङ्ला नजिकै दुर्घटनामा परेको थियो । शुक्रबारको उक्त दुर्घटनापछि यात्रुको सुरक्षाका लागि यो कदम चालिएको प्रहरीको भनाई छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register