अदुवाको मूल्य १०० रुपैयाँले घट्दा आइतबार १० रुपैयाँले बढ्यो केराको मूल्य…(मूल्यसूचीसहित)

काठमाडौँ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज अदुवाको मूल्य घट्दा केराको मूल्य बढेको छ । अदुवाको मूल्य १०० रुपैयाँले घटेर प्रतिकेजी न्यूनतम १०० रुपैयाँ र केराको मूल्य १० रुपैयाँले बढेर प्रति दर्जन १५० रुपैयाँमा कारोबार भइरहेको छ […]

Nov 10, 2024 - 05:33
 0
अदुवाको मूल्य १०० रुपैयाँले घट्दा आइतबार १० रुपैयाँले बढ्यो केराको मूल्य…(मूल्यसूचीसहित)

काठमाडौँ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज अदुवाको मूल्य घट्दा केराको मूल्य बढेको छ । अदुवाको मूल्य १०० रुपैयाँले घटेर प्रतिकेजी न्यूनतम १०० रुपैयाँ र केराको मूल्य १० रुपैयाँले बढेर प्रति दर्जन १५० रुपैयाँमा कारोबार भइरहेको छ ।

भारतीय ठुलो गोलभेडा ९० रुपैयाँ, लोकल सानो गोलभेडा ८५ रुपैयाँ, सानो गोलभेडा (टनेल) ११५ रुपैयाँ प्रतिकेजी रहेको छ । त्यस्तै, रातो आलु ७५ रुपैयाँ र भारतीय रातो आलु ६२ रुपैयाँ रुपैयाँ प्रतिकेजी रहेको छ ।

त्यसैगरी, भारतीय सुकेको प्याज १२२ रुपैयाँ, लोकल गाजर १२० रुपैयाँ, तराई गाजर ७० रुपैयाँ, बन्दा लोकल ४० रुपैयाँ, बन्दा तराई ५० रुपैयाँ, स्थानीय काउली १२० रुपैयाँ, रातो मुला ३०, सेतो मुला लोकल २० रुपैयाँ, भन्टा लाम्चो ३० रुपैयाँ, भन्टा डल्लो ६०, तने बोडी १००, मकै बोडी ७०, घिउ सिमी लोकल ६०, टाटे सिमी ६०, भटमासकोसा ७० रुपैयाँ प्रतिकेजीमा कारोबार भईरहेको समितिले जनाएको छ ।

तितो करेला ८०, लौका ४०, लोकल परवर ६० रुपैयाँ, चिचिण्डो २० रुपैयाँ, घिरौला ६०, फर्सी पाकेको ३०, भिण्डी ८०, सखरखण्ड ८०, बरेला २०, पिंडालू ७०, स्कुस १५ रुपैयाँ रहेको छ । त्यस्तै, रायो साग ४० र तोरीको साग ७० रुपैयाँ, मेथीको साग १०० रुपैयाँ र चमसूरको साग १०० रुपैयाँमा किनबेच भईरहेको छ ।

साथै, हरियो प्याज ८०, कन्य च्याउ १८०, डल्ले च्याउ २७०, राजा च्याउ २८०, रुख टमाटर २८०, कुरिलो ८००, ब्रोकाउली १४०, चुकन्दर ९०, जिरीको साग १४०, सेलेरी ५००, पार्सले १५००, पुदिना ५००, गान्टे मुला ९०, इमली १४०, तामा ९०, तोफु ९०, गुन्द्रुक २५०, अदुवा १००, सुकेको खुर्सानी ४००, हरियो खुर्सानी ७०, खर्सानी हरियो (बुलेट) ९०, खुर्सानी हरियो (अकबरे) २४०, भेडे खुर्सानी १२०, हरियो लसुन २००, हरियो धनियाँ ९०, चाइनिज सुकेको लसुन ३१०, लसुन सुकेको नेपाली ३३०, छ्यापी सुकेको १४० र छ्यापी हरियो ३०० रुपैयाँ रहेको समितिले सार्वजनिक गरेको मूल्यसुचीमा उल्लेख छ ।

यता, स्याउ(फूजी) २८०, केरा (दर्जन) १५०, कागती १८०, अनार ४५०, अंगुर (कालो) ३८०, सुन्तला (भारतीय) १००, जुनार ३००, भुई कटहर प्रति गोटा १८०, लोकल काक्रो ११०, हाइब्रिड काक्रो ७०, निबुवा ३०, अम्बा १५०, नासपाती (चाइनिज) २३०, मेवा (नेपाली) ४०, लप्सी ४०, शरीफा १५०, किवि २००, आभोकाडो २०० र अमला ६० रुपैयाँ न्युनतम मूल्यमा कारोबार भइरहेको छ ।

तरकारी तथा फलफूलको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘तरकारीको भाउ’ पेजमा गई सो विवरण हेर्न सकिन्छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register