पूर्वमन्त्री लीलाबल्लभ अधिकारी प्रहरी नियन्त्रणमा, विराटनगरबाट काठमाडौँ लगिँदै

झापा, २५ कात्तिक । कोशी प्रदेश सरकारका पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री लीलाबल्लभ अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नक्कली कागजात बनाएर ३ जनालाई जापान लगेको कसुरमा अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिइएको प्रहरीका एक जना उच्च अधिकृतले बताए । उनलाई विराटनगरबाट काठमाडौँ ल्याइँदै छ । नक्कली कागजात बनाएर अधिकारीसँगै जापान पुगेकाहरूले प्रतिव्यक्ति १० लाख [...] The post पूर्वमन्त्री लीलाबल्लभ अधिकारी प्रहरी नियन्त्रणमा, विराटनगरबाट काठमाडौँ लगिँदै appeared first on Jhapa Online.

Nov 10, 2024 - 07:04
 0
पूर्वमन्त्री लीलाबल्लभ अधिकारी प्रहरी नियन्त्रणमा, विराटनगरबाट काठमाडौँ लगिँदै

झापा, २५ कात्तिक । कोशी प्रदेश सरकारका पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री लीलाबल्लभ अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नक्कली कागजात बनाएर ३ जनालाई जापान लगेको कसुरमा अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिइएको प्रहरीका एक जना उच्च अधिकृतले बताए ।

उनलाई विराटनगरबाट काठमाडौँ ल्याइँदै छ । नक्कली कागजात बनाएर अधिकारीसँगै जापान पुगेकाहरूले प्रतिव्यक्ति १० लाख रुपैयाँ बुझाएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । टोकियो विमानस्थलबाट डिपोर्ट भएर काठमाडौँ फर्किएका खोटाङका ३६ वर्षीय दावा शेर्पा, खोटाङकै जनक राई र रसुवा घर भएका २२ वर्षीय कञ्चन देवकोटाले प्रतिव्यक्ति १० लाख रुपैयाँ बुझाएका हुन् ।

कार्तिक १४ मा मन्त्रीसहित उनीहरू ३ जनालाई टोकियोस्थित जापानको अध्यागमन कार्यालयले डिपोर्ट गरेको थियो । काठमाडौँ विमानस्थलमा ओर्लिएपछि उनीहरू पक्राउ परेका हुन् ।

डिपोर्ट भएका ३ जना बाहेकका धादिङ घर भएका ३४ वर्षीय महेश पाण्डे, नुवाकोट घर भएका २३ वर्षीय जुगल रिजाल र दोलखा घर भएका ३० वर्षीय वीरबहादुर सुनार पक्राउ परेका छन् । सो प्रकरणमा पक्राउ पर्नेको सङ्ख्या पूर्वमन्त्री सहित ७ पुगेको छ । रातोपाटीबाट साभार

The post पूर्वमन्त्री लीलाबल्लभ अधिकारी प्रहरी नियन्त्रणमा, विराटनगरबाट काठमाडौँ लगिँदै appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register