कालिकोट जिप दुर्घटना अपडेट: ६ जना मृतक र १३ घाइतेको पहिचान

 सुर्खेत । सुर्खेत कालिकोट पलाँता गाउँपालिका वडा नं. ३ राडुनेटामा भएको जिप दुर्घटना परेर मृत्यु भएका र घाइते भएकाको पहिचान खुलेको छ । जिल्ला प्रहरी कार्यालय कालिकोट अनुसार पलाँता गाउँपालिका वडा न. ५ खिनदेखि थिर्पुतर्फ जाँदै गरेको डबल क्याप बोलेरो क. १ ज. ५६ न.को गाडी घाइतेको पहिचान खुलेको हो । अनियन्त्रित भई दुर्घटना भएको […]

Nov 10, 2024 - 12:52
 0
कालिकोट जिप दुर्घटना अपडेट: ६ जना मृतक र १३ घाइतेको पहिचान

 सुर्खेत । सुर्खेत कालिकोट पलाँता गाउँपालिका वडा नं. ३ राडुनेटामा भएको जिप दुर्घटना परेर मृत्यु भएका र घाइते भएकाको पहिचान खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय कालिकोट अनुसार पलाँता गाउँपालिका वडा न. ५ खिनदेखि थिर्पुतर्फ जाँदै गरेको डबल क्याप बोलेरो क. १ ज. ५६ न.को गाडी घाइतेको पहिचान खुलेको हो ।

अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कालिकोट प्रमुख टेकबहादुर रावतले जानकारी दिए ।

उनका अनुसार मृत्यु हुनेमा कालिकोट पलाता गाउँपालिका ६ का दसकला शाही, सोही ठाउँका पदम बम, भगवती रोकाया, गणेश शाही, वडा नं. ५ का छाया शाही र वडा नं. ३ दमन रोकाया रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय कालिकोटका अनुसार घाइते हुनेमा कालिकोट पलाता ६ का केशव थापा, किशोर थापा, विजय थापा, रिदम शाही, प्रतीक्षा शाही, आशिष रोकाया र भूपेन्द्र रोकाया रहेका छन् ।

त्यस्तै, घाइते हुनेमा वडा नं. ३ दानबहादुर रोकाया, निर्मला रोकाया, जगत रोकाया, ठेगाना नखुलेका चालक धनिराम रावत, वडा नं. ५ दोलि बिक, आयुशा बिक रहेको प्रहरीको भनाई छ ।

घाइते भएका १३ जनालाई उद्धार गरी उपचारको लागि कर्णाली प्रदेश प्रादेशिक अस्पताल सुर्खेत पठाइएको जिल्ला प्रशासन कार्यालय जनाएको छ । घाइतेको दुई चरणमा नेपाली सेनाको हेलिकप्टर उद्धार गरेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register