लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्दै कार्यान्वयनमा लैजाने निर्णय

काठमाडौं। मन्त्रिपरिषद् बैठकले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्दै कार्यान्वयनमा लैजाने निर्णय गरेको छ । आइतबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले विद्युत् बक्यौतासम्बन्धी सुझाव दिन गठित लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्दै कार्यान्वयनमा लैजाने निर्णय गरेको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए । ती मन्त्रीका अनुसार  बैठकले प्रतिवेदन कार्यान्वयनका लागि ऊर्जा मन्त्रालयलाई  निर्देशन दिएको छ । यस्तै […]

Nov 10, 2024 - 15:52
 0
लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्दै कार्यान्वयनमा लैजाने निर्णय

काठमाडौं। मन्त्रिपरिषद् बैठकले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्दै कार्यान्वयनमा लैजाने निर्णय गरेको छ । आइतबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले विद्युत् बक्यौतासम्बन्धी सुझाव दिन गठित लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्दै कार्यान्वयनमा लैजाने निर्णय गरेको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए ।

ती मन्त्रीका अनुसार  बैठकले प्रतिवेदन कार्यान्वयनका लागि ऊर्जा मन्त्रालयलाई  निर्देशन दिएको छ । यस्तै बैठकले सोमबार  १२ बजेभित्र उद्योगीका काटिएका लाइन जडान गर्न मन्त्रालयमार्फत विद्युत् प्राधिकरणलाई निर्देशन दिने  निर्णय गरेको छ ।

मन्त्रिपरिषद् बैठकले सिंहदरबार लगायतका स्थानमा थुप्रिएका पुराना गाडी मर्मत हुने मर्मत गरेर चलाउने र चलाउन नमिल्ने टेण्डरमार्फत बिक्री गर्ने निर्णय पनि गरेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register