उपनिर्वाचनमा माओवादी-समाजवादीको ‘कम्मन अन्डरस्ट्यान्डिङ’- तालमेल हुन सक्छ

काठमाडौं । आगामी मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचन हुँदैछ । कीर्तिपुर नगरपालिका प्रमुखसहित ४४ पदका लागि उपनिर्वाचन हुन लागेको हो । निर्वाचनको मिति नजिकिँदै गर्दा प्रमुख दलहरू त्यसको तयारीमा जुटेका छन् । उनीहरू निर्वाचनलक्षित छलफलमा जुट्ने र उम्मेदवार टुङ्ग्याउने काममा व्यस्त छन् । यही बेला समाजवादी मोर्चासम्बद्ध दुई ठूला दलहरू नेकपा (माओवादी केन्द्र) र नेकपा […]

Nov 11, 2024 - 09:28
 0
उपनिर्वाचनमा माओवादी-समाजवादीको ‘कम्मन अन्डरस्ट्यान्डिङ’- तालमेल हुन सक्छ

काठमाडौं । आगामी मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचन हुँदैछ । कीर्तिपुर नगरपालिका प्रमुखसहित ४४ पदका लागि उपनिर्वाचन हुन लागेको हो ।

निर्वाचनको मिति नजिकिँदै गर्दा प्रमुख दलहरू त्यसको तयारीमा जुटेका छन् । उनीहरू निर्वाचनलक्षित छलफलमा जुट्ने र उम्मेदवार टुङ्ग्याउने काममा व्यस्त छन् ।

यही बेला समाजवादी मोर्चासम्बद्ध दुई ठूला दलहरू नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) बीच चुनावी तालमेल हुने चर्चा छ ।

त्यसो त माओवादी केन्द्रले एकीकृत समाजवादीसँग मात्रै होइन, समाजवादी मोर्चासम्बद्ध अरु दलहरूसँग पनि चुनावी तालमेल हुन सक्ने बताएको छ ।

सोमबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निवास खुमलटारमा बसेको माओवादी पदाधिकारी बैठकले समाजवादी मोर्चासम्बद्ध दलहरूसँग चुनावी तालमेल हुन सक्ने तर, कांग्रेस-एमालेसँग तालमेल हुन नसक्ने निष्कर्ष निकालेको छ ।

माओवादी केन्द्रका उपाध्यक्षसमेत रहेका प्रवक्ता अग्निप्रसाद सापकोटाले भने, “कांग्रेस-एमालेसँग त हुँदैन, गर्दैनौँ । समाजवादी मोर्चासँगको चुनावी तालमेलका लागि भने ढोका खुल्लै छ ।”

एकीकृत समाजवादीले पनि तालमेल हुन सक्ने बताएको छ । एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले नेपालभ्युजसँग भने, “उपनिर्वाचनका बारेमा माओवादी र हाम्रो ‘कम्मन अन्डरस्ट्यान्डिङ’ नै हो ।”

उनले थप भने, “सत्तारूढ दलहरूबाहेक अरु दलसँग चुनावी तालमेल हुन सक्ने नै हामीले पनि भनेका छौँ । अझ त्यसमा समाजवादी मोर्चाको कुरा त छँदैछ नि । छलफल गरेर, मिलेर नै अगाडि बढ्छौँ । चुनावी तालमेल हुनसक्छ ।”

कहाँ कसले कसलाई सघाउने भन्नेबारे भने छलफल प्रारम्भ भइनसकेको तर, छलफल हुन सक्ने महासचिव भुसालले बताए । “त्यसका लागि वातारण बन्ला अनि छलफल होला,” उनले भने ।

त्यसो त समाजवादी मोर्चामा अन्य दुई दल पनि छन्- नेत्रविक्रम चन्द ‘विप्लव सी’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र महिन्द्र राय यादव-गंगानारायण श्रेष्ठ पक्षीय नेपाल समाजवादी पार्टी (नेसपा) ।

यसमध्ये नेपाल कम्युनिष्ट पार्टीले चुनावमा भाग नलिने बताइसकेको छ । तर, देशभक्त, जनप्रगतिशील र वामपन्थी उम्मेदवारलाई समर्थन गर्न सकिने उसले जनाएको छ ।

यादव-श्रेष्ठ पक्षीय नेसपाले अहिल्यै निर्णय गरिसकेको छैन । यसबारे छलफल गर्ने नेताहरूले बताएका छन् ।

  • सम्बन्धित सामग्री

स्थानीय तहमा स्वतन्त्र उम्मेदवारको लहर बढ्ने सम्भावना, कीर्तिपुरमा राजमानको उम्मेदवारीले तरङ्ग

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register