कस्ता व्यक्तिले तिते करेलाको जुस पिउने ?

काठमाडौं । तिते करेलाको नाम सुन्ने बित्तिकै यसको तितो स्वाद दिमागमा घुम्न थाल्छ । यो एउटा यस्तो तरकारी हो जुन थोरै मान्छेलाई मन पर्छ । यद्यपि यो स्वादमा तितो भएपनि यसका फाइदा धेरै छन् । जसका कारण स्वास्थ्य विशेषज्ञले करेलाको जुस वा तरकारी आहारमा समावेश गर्न सल्लाह दिन्छन् । त्यसैले आउनुहोस्, जानौँ दैनिक करेलाको जुस […]

Nov 11, 2024 - 10:34
 0
कस्ता व्यक्तिले तिते करेलाको जुस पिउने ?

काठमाडौं । तिते करेलाको नाम सुन्ने बित्तिकै यसको तितो स्वाद दिमागमा घुम्न थाल्छ । यो एउटा यस्तो तरकारी हो जुन थोरै मान्छेलाई मन पर्छ ।

यद्यपि यो स्वादमा तितो भएपनि यसका फाइदा धेरै छन् । जसका कारण स्वास्थ्य विशेषज्ञले करेलाको जुस वा तरकारी आहारमा समावेश गर्न सल्लाह दिन्छन् । त्यसैले आउनुहोस्, जानौँ दैनिक करेलाको जुस पिउनका फाइदा ।

फाइदा-

  • करेलामा पोटासियम, फाइबर र एन्टिअक्सिडेन्ट हुन्छ, जसले मुटुको स्वास्थ्यलाई राम्रो बनाउँछ । यसले रक्तचाप नियन्त्रणमा राख्छ र खराब कोलेस्ट्रोल शरीरमा जम्मा हुन दिँदैन ।
  • करेलाको जुस पाचन प्रणालीको लागि पनि राम्रो छ । यसमा भएको फाइबर र अन्य पोषक तत्त्वहरूले आन्द्राहरूलाई स्वस्थ राख्न मद्दत गर्छन् । यसले ग्यास, पेट फुल्ने जस्ता समस्याहरूबाट मुक्ति दिलाउँछ । यसले शरीरमा जमेका विषाक्त पदार्थहरू बाहिर निकाल्छ ।
  • त्यस्तै, यसमा भएको भिटामिन सीले तपाईंको छालालाई राम्रो बनाउँछ । यो जुसले अनुहारमा निस्कने डन्डिफोर र दागहरूलाई हल्का बनाउँछ । साथै चाउरीहरूको समस्या पनि कम गर्छ ।
  • यदि तपाईं तौल घटाउने बारे सोच्दै हुनुहुन्छ भने यो उत्कृष्ट क्यालोरी बर्नर हो । यसले मेटाबोलिजम राम्रो बनाउँछ । यो तपाईंको समग्र स्वास्थ्यको लागि उत्कृष्ट छ । साथै यसले तपाईंको रक्त प्रवाहलाई पनि राम्रो बनाउँछ ।
  • करेला जुस पिउनको सबैभन्दा ठूलो फाइदा मधुमेह रोगीको लागि छ । यसले इन्सुलिनको उत्पादनमा मद्दत गर्छ । तपाईं चाहनुहुन्छ भने करेला जुसमा कागती, अदुवा र मह मिसाउन सक्नुहुन्छ, जसले गर्दा पिउन सजिलो हुनेछ ।

कसले पिउनु हुँदैन ?

गर्भवती वा स्तनपान गराउँदै हुनुहुन्छ भने तिते करेलाको जुस आमाको र बच्चाको स्वास्थ्यका लागि हानिकारक हुनसक्छ । केही औषधि लिँदै हुनुहुन्छ भने पनि यो जुस नपिएको राम्रो हो । खरबुजा खाँदा एलर्जी हुनुहुन्छ भने तितो करेलाले यी फलहरूप्रति एलर्जी भएका व्यक्तिमा एलर्जी गराउन सक्छ । शल्यक्रियाको योजना छ भने कम्तीमा दुई हप्ता तितो करेला नखानुहोस् ।

तिते करेलाले रगतमा चिनीको स्तर घटाउन सक्छ र पहिल्यै कमजोर भएका व्यक्तिहरूमा चक्कर वा बेहोसी हुन सक्छ ।

त्यसैले शारीरिक कमजोरी भएका व्यक्तिहरूले पनि करेलाको जुस पिउनुहुँदैन । यसको धेरै सेवनले पाचन समस्याहरू जस्तै- पेट दुखाइ, पखाला वा पेट दुख्ने समस्या हुनसक्छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register