जहाजमा राष्ट्रपति पौडेल र राष्ट्रसंघका महासचिवबीच भेट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र संयुक्त राष्ट्रसंघका महासचिव एन्टेरियो गुटेरसबीच संक्षिप्त भेट भएको छ । अजरबैजानको बाकुमा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र संघीय संरचना महासन्धि पक्ष राष्ट्रहरुको २९औं सम्मेलन ९कोप–२९० मा भाग लिन कतारको दोहाबाट अजरबैजानको बाकु जानेक्रममा जहाजमा उनीहरुबीच भेट भएको हो । भेटमा जलवायु परिवर्तनबाट उत्पन्न समस्याका बारेमा संक्षिप्त कुरा भएको राष्ट्रपतिका प्रेस […]

Nov 11, 2024 - 11:16
 0
जहाजमा राष्ट्रपति पौडेल र राष्ट्रसंघका महासचिवबीच भेट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र संयुक्त राष्ट्रसंघका महासचिव एन्टेरियो गुटेरसबीच संक्षिप्त भेट भएको छ ।

अजरबैजानको बाकुमा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र संघीय संरचना महासन्धि पक्ष राष्ट्रहरुको २९औं सम्मेलन ९कोप–२९० मा भाग लिन कतारको दोहाबाट अजरबैजानको बाकु जानेक्रममा जहाजमा उनीहरुबीच भेट भएको हो ।

भेटमा जलवायु परिवर्तनबाट उत्पन्न समस्याका बारेमा संक्षिप्त कुरा भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

‘जलवायु परिवर्तन हामी सबैको साझा समस्या हो । हिमाल, पृथ्वी र मानव समुदायको रक्षाका लागि यो समस्या समाधान गर्न हामी सबै जुट्नुपर्छ,’ पौडेलले भनेका थिए ।

आजबाट सुरु भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र संघीय संरचना महासन्धि पक्ष राष्ट्रहरुको २९औं सम्मेलन ९कोप–२९० मा उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै पौडेल कतारको दोहा हुँदै पुगेका हुन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register