इजरायली प्रधानमन्त्रीको निजी निवासमा हिजबुल्लाहले गर्‍यो ड्रोन आक्रमण

काठमाडौं । शनिबार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गृहनगर सिजारियामा हिजबुल्लाहले ड्रोन आक्रमण गरेको छ । टाइम्स अफ इजरायलका अनुसार पीएमओले आक्रमणको पुष्टि गरेको छ। यस ड्रोन आक्रमणमा प्रधानमन्त्री नेतन्याहुको निजी निवास निशाना भएको पीएमओले जनाएको छ । नेतान्याहु र उनकी पत्नी सारा हमलाको समयमा घरमा थिएनन् । ड्रोन सिजरियाको एक भवनमा खसेको थियो । तर, […]

Oct 19, 2024 - 13:05
 0
इजरायली प्रधानमन्त्रीको निजी निवासमा हिजबुल्लाहले गर्‍यो ड्रोन आक्रमण

काठमाडौं । शनिबार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गृहनगर सिजारियामा हिजबुल्लाहले ड्रोन आक्रमण गरेको छ । टाइम्स अफ इजरायलका अनुसार पीएमओले आक्रमणको पुष्टि गरेको छ।

यस ड्रोन आक्रमणमा प्रधानमन्त्री नेतन्याहुको निजी निवास निशाना भएको पीएमओले जनाएको छ । नेतान्याहु र उनकी पत्नी सारा हमलाको समयमा घरमा थिएनन् । ड्रोन सिजरियाको एक भवनमा खसेको थियो । तर, कुनै हताहत भएको छैन।

इजरायली रक्षा बल (आईडीएफ)ले शनिबार लेबनानबाट इजरायलमा तीन ड्रोन प्रहार गरेको बताएको छ । इजरायली सेनाले २ ड्रोन खसालेका छन् । आक्रमण पछि, गिलोट सैन्य आधारमा अलार्म बज्न थालेको थियो।

आईडीएफले ड्रोन घुसाएको विषयमा अनुसन्धान भइरहेको जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register