माओवादीले उपनिर्वाचनमा गठबन्धन नगर्ने, टुंग्यायो उम्मेदवार (नामावलीसहित)

काठमाडौं । माओवादीले आगामी मंसिर १६ मा हुने स्थानीय तहको उपनिर्वाचनमा गठबन्धन नगर्ने भएको  छ । यसअघि पदाधिकारी बैठकले उपनिर्वाचनका लागि सहकार्यको विकल्प खुला राखे पनि सोमबार बसेको  बैठकले भने यस्तो निर्णय गरेको हो ।  माओवादीले प्रदेश, जिल्ला तहबाट आएका सबै सिफारिसलाई अनुमोदन गर्दे उपनिर्वाचनका लागि आफ्ना उम्मेदवार टुंगो लगाएको छ । माओवादीले मोरङको ग्रामथान […]

Nov 11, 2024 - 16:41
 0
माओवादीले उपनिर्वाचनमा गठबन्धन नगर्ने, टुंग्यायो उम्मेदवार (नामावलीसहित)

काठमाडौं । माओवादीले आगामी मंसिर १६ मा हुने स्थानीय तहको उपनिर्वाचनमा गठबन्धन नगर्ने भएको  छ । यसअघि पदाधिकारी बैठकले उपनिर्वाचनका लागि सहकार्यको विकल्प खुला राखे पनि सोमबार बसेको  बैठकले भने यस्तो निर्णय गरेको हो ।  माओवादीले प्रदेश, जिल्ला तहबाट आएका सबै सिफारिसलाई अनुमोदन गर्दे उपनिर्वाचनका लागि आफ्ना उम्मेदवार टुंगो लगाएको छ ।

माओवादीले मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष उम्मेदवारमा नामेनारायण माझी, काठमाडौंको कीर्तिपुर नगरपालिकाको प्रमुखमा शिवशरण महर्जन, दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्षमा निमलेकी शेर्पा, रुकुमपूर्वको पुथा उत्तरगंगा उपाध्यक्षमा ज्ञानदेवी पुन, जाजरकोटको नलगाड नगरपालिका उपप्रमुखमा देवका लामिछाने र दैलेखको महाबु गाउँपालिका अध्यक्ष उम्मेदवारमा जंग बराललाई अनुमोदन गरेको पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

यस्तै विभिन्न पालिकाका रिक्त ३४ वडाध्यक्षका उम्मेदवार पनि टुंगो लगाएको उनले बताए । माओवादीले पालिकाको चुनावी प्रचारमा केन्द्रीय पदाधिकारी र  वडाको चुनाव प्रचारमा केन्द्रीय सदस्य पठाउने निर्णय पनि गरेको छ  । यस्तै  कात्तिक मसान्तसम्म उपनिर्वाचन हुनेलगायत सबै पालिकामा सम्मेलन गरिसक्ने निर्णय गरिएको पनि सापकोटाले बताए ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register