‘खोरमा थुन्दैमा बाग स्याल हुँदैन’ -लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले खोरमा थुन्दैमा बाग स्याल नहुने बताएका छन् । मंगलबार सरकारी वकिलको कार्यलय रुपन्देहीमा बयान दिएर निस्किँदै गर्दा उनले यस्तो बताएका हुन् । सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणमा पोखरामा प्रहरी हिरासतमा रहेका लामिछानेलाई बयानका लागि आज रुपन्देही लगिएको थियो । लामिछानेको बयान भने आज […]

Nov 12, 2024 - 12:53
 0
‘खोरमा थुन्दैमा बाग स्याल हुँदैन’ -लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले खोरमा थुन्दैमा बाग स्याल नहुने बताएका छन् । मंगलबार सरकारी वकिलको कार्यलय रुपन्देहीमा बयान दिएर निस्किँदै गर्दा उनले यस्तो बताएका हुन् ।

सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणमा पोखरामा प्रहरी हिरासतमा रहेका लामिछानेलाई बयानका लागि आज रुपन्देही लगिएको थियो । लामिछानेको बयान भने आज सकिएको छैन । बुधबार बिहान १० बजेदेखि पुनः जिल्ला सरकारी वकिलको कार्यालयमा बयान हुनेछ ।

बयान नसकिएपछि लामिछानेलाई जिल्ला प्रहरी कार्यालयमा लगिएको छ ।

बुटवलमा रहेको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको बचतकर्ताको बचत रकम तथा ऋण हिनामिना गरेको आरोपमा किटानी जाहेरी परेपछि प्रहरीले लामिछानेलाई पक्राउका लागि अदालतबाट अनुमति लिएको थियो । कात्तिक ८ गते रुपन्देही जिल्ला अदालतले लामिछानेसहितका आरोपीलाई पक्राउका लागि पुर्जी जारी गरेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register