सूचनाको हकका अभियानकर्मी सुरेश भुल हत्याको निष्पक्ष छानबिन गर्न माग

काठमाडौं । सूचनाको हकका लागि राष्ट्रिय महासंघले सूचना माग गरेकै कारण योजनाबद्ध रुपमा हत्या गरिएका कैलालीका सुरेश भुलको घटनाको यथार्थ छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न माग गरेको छ । महासंघ जिल्ला कार्यसमिति कैलालीका सदस्य समेत रहेका भुलको कात्तिक २५ गते साँझ गौरीगंगा नगरपालिका–११ कान्तिपुर टोलस्थित आफ्नै पसलमा बसिरहेका बेला एक समूहले कुटपिट गर्दा निधन […]

Nov 12, 2024 - 15:11
 0
सूचनाको हकका अभियानकर्मी सुरेश भुल हत्याको निष्पक्ष छानबिन गर्न माग

काठमाडौं । सूचनाको हकका लागि राष्ट्रिय महासंघले सूचना माग गरेकै कारण योजनाबद्ध रुपमा हत्या गरिएका कैलालीका सुरेश भुलको घटनाको यथार्थ छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न माग गरेको छ ।

महासंघ जिल्ला कार्यसमिति कैलालीका सदस्य समेत रहेका भुलको कात्तिक २५ गते साँझ गौरीगंगा नगरपालिका–११ कान्तिपुर टोलस्थित आफ्नै पसलमा बसिरहेका बेला एक समूहले कुटपिट गर्दा निधन भएको अध्यक्ष उमीद बागचन्द र महासचिव अजयकुमार साहले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यस घटनाले देशभरका सूचनाको हकका अभियानकर्मी र महासंघलाई स्तब्ध बनाएको विज्ञप्तिमा उल्लेख छ । महासंघ अध्यक्ष बागचन्द नेतृत्वको समूहले आजै गृहमन्त्री रमेश लेखकलाई भेट गरी घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाहीको माग गरेको छ ।

कुटपिटबाट गम्भीर घाइते भएका भुलको धनगढीस्थित निसर्ग अस्पतालमा उपचारका क्रममा आइतबार निधन भएको कैलाली प्रहरीले जनाएको छ । घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनबमोजिम कारबाही गर्न महासंघले जोडदार माग गरेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register