अपदस्थ प्रधानमन्त्री हसिनालाई पक्राउ गर्न बंगलादेशले माग्यो इन्टरपोलसँग सहयोग

काठमाडौं । बंगलादेशकाे सरकारले अपदस्थ प्रधानमन्त्री शेख हसिनालाई पक्राउ गर्नका लागि अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोललाई गुहारेको छ । आन्दोलनका क्रममा भएको धडपकडका कारण सयौं प्रदर्शनकारीको मृत्यु भएको आरोपमा पक्राउ गर्न मङ्गलबार हसिनाविरुद्ध रेड नोटिस जारी गर्न अनुरोध गरिएको हो । बंगलादेशमा विद्यार्थीहरूको नेतृत्वमा भएको आन्दोलनका कारण हसिनाको १५ वर्ष लामो शासन अन्त्य भएको थियो । […]

Nov 13, 2024 - 02:53
 0
अपदस्थ प्रधानमन्त्री हसिनालाई पक्राउ गर्न बंगलादेशले माग्यो इन्टरपोलसँग सहयोग

काठमाडौं । बंगलादेशकाे सरकारले अपदस्थ प्रधानमन्त्री शेख हसिनालाई पक्राउ गर्नका लागि अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोललाई गुहारेको छ ।

आन्दोलनका क्रममा भएको धडपकडका कारण सयौं प्रदर्शनकारीको मृत्यु भएको आरोपमा पक्राउ गर्न मङ्गलबार हसिनाविरुद्ध रेड नोटिस जारी गर्न अनुरोध गरिएको हो ।

बंगलादेशमा विद्यार्थीहरूको नेतृत्वमा भएको आन्दोलनका कारण हसिनाको १५ वर्ष लामो शासन अन्त्य भएको थियो । त्यससँगै उनी आफ्ना नजिकका सहयोगी र पूर्वमन्त्रीहरूसहित ५ अगस्टमा भारत पुगेकी थिइन् ।

हसिना अपदस्थ भएसँगै नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुसले ८ अगस्टमा अन्तरिम नेताको रूपमा पदभार ग्रहण गरेका छन् ।

बंगलादेशको न्यायाधिकरणका एक अभियोजक सुल्तान महमुदले एसोसिएटेड प्रेस (एपी)लाई भनेअनुसार ’हसिना र अन्यलाई पक्राउ गर्न फ्रान्सस्थित इन्टरपोलसँग बंगलादेशले आफ्ना प्रहरी प्रमुखमार्फत पत्र लेखेको छ ।’

युनुस नेतृत्वको सरकारले हसिनालाई भारतबाट सुपुर्दगी गराउने प्रयास गरिरहेको बताइएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register