कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका ५८ विद्यार्थी दीक्षित

सुर्खेत । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका ५८ जना विद्यार्थी दिक्षित भएका छन् । स्थापनाको डेढ दशकपछि आयोजना भएको प्रथम दिक्षान्त समारोहमा प्रतिष्ठानका कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा ५८ जना विद्यार्थी दिक्षित भएका हुन् । जसमा स्नातकतर्फ बीपीएचमा ३८, एमबीबीएस १३ र स्नातकोत्तरतर्फ एमडीजीपीमा तीन, एमडी एनेस्थेसियामा एक र एमडी पेडियाट्रिक्समा एक गरी ५८ […]

Nov 13, 2024 - 08:35
 0
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका ५८ विद्यार्थी दीक्षित

सुर्खेत । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका ५८ जना विद्यार्थी दिक्षित भएका छन् ।

स्थापनाको डेढ दशकपछि आयोजना भएको प्रथम दिक्षान्त समारोहमा प्रतिष्ठानका कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा ५८ जना विद्यार्थी दिक्षित भएका हुन् ।

जसमा स्नातकतर्फ बीपीएचमा ३८, एमबीबीएस १३ र स्नातकोत्तरतर्फ एमडीजीपीमा तीन, एमडी एनेस्थेसियामा एक र एमडी पेडियाट्रिक्समा एक गरी ५८ विद्यार्थी दीक्षित भएको प्रतिष्ठानका रेक्टर डाक्टर डबल धामीले जानकारी दिए ।

जसमा पाँच जना विद्यार्थीलेले स्वर्णपदक पाएका छन् । जसमा रेणुकुमारी सिंह बीएमएस (२०१९), सिर्जना न्यौपाने बीएमएस (२०२०), दिपेन्द्र जोशी बीपीएच (२०१९), सुशील शाही बीपीएच (२०२०) ब्याच र बेदकुमार चौधरी एमडीएमएस (२०२१) ब्याचले स्वर्णपदक पाएका हुन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register