धवनको फिटनेस राज : बेलुकाको खानामा विशेष सतर्कता

काठमाडौं । भारतीय क्रिकेटर शिखर धवनले केही समयअघि राष्ट्रिय टोलीबाट बिदाइ लिए । त्यसपछि केही फुर्सदिला भएका उनी पुनः व्यस्त हुने भएका छन् । अहिले नेपालको फ्रेन्जाइज लिग नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णाली याक्समा आबद्ध भएपछि फेरि उनको दिनचर्या व्यस्त बन्ने भएको हो । धवन खेलमा मात्र होइन फिटनेसमा पनि उत्तिकै ध्यान दिनेमा पर्छन् । […]

Nov 14, 2024 - 07:59
 0
धवनको फिटनेस राज : बेलुकाको खानामा विशेष सतर्कता

काठमाडौं । भारतीय क्रिकेटर शिखर धवनले केही समयअघि राष्ट्रिय टोलीबाट बिदाइ लिए । त्यसपछि केही फुर्सदिला भएका उनी पुनः व्यस्त हुने भएका छन् । अहिले नेपालको फ्रेन्जाइज लिग नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णाली याक्समा आबद्ध भएपछि फेरि उनको दिनचर्या व्यस्त बन्ने भएको हो । धवन खेलमा मात्र होइन फिटनेसमा पनि उत्तिकै ध्यान दिनेमा पर्छन् । यस्तो छ ३८ वर्ष पुगिसकेका धवनको फिटनेस र खानपानको रोचक तथ्य :

बिहानीको सुरुवात नै स्वास्थ्यप्रति सचेत रहेर गर्ने धवनको दिनचर्या एकदमै प्रेरणादायी छ । उनले एक अन्तरवार्तामा आफूले बिहान उठ्नासाथ पौष्टिक बदाम र ताजा तरबुजाको जुसले शरीरलाई ताजा बनाउने गरेको खुलाएका छन् । उनी बिहानको खाजामा पोहा र एभोकाडो टोस्टसँग मनपर्ने चियाको चुस्की लिन भुल्दैनन् ।

दिउँसोको खाना धवन घरकै खाना खान रुचाउँछन् । उनी दाल, भात र पोषक तत्त्वले भरिपूर्ण चुकन्दरको रोटी खाने गर्छन् । बेलुकाको खानामा विशेष सतर्कता अपनाउँदै उनी हल्का खानामा जोड दिन्छन् । टोफु, जापानी वा कन्टिनेन्टल खाना उनको रात्रिकालीन रोजाइमा पर्छन् ।

कडा दिनचर्याबीच कहिलेकाहीँ चिट डे मनाउने क्रममा देसी स्वादको आलु परौठा र दहीको स्वाद लिन धवन पछि पर्दैनन् । खेलको समयमा भने उनको खानपान अझै कडा हुन्छ । जसमा हल्का खाना र प्रशस्त पानी पिउने बानी छ । सन् २०१८ देखि शाकाहारी खानामा रुचि राख्ने धवन मासु र भन्टा खान रुचाउँदैनन् । तर उमालेको अण्डा र अम्लेट भने उनको विशेष रोजाइमा पर्छन् ।

खेल मैदानमा उत्कृष्ट प्रदर्शनका लागि धवन खानपानमा विशेष ध्यान दिन्छन् । सातुको लड्डु, तिलको लड्डु र प्रोटिन बारले आफ्नो खेल दिनचर्यालाई थप ऊर्जावान् बनाउने उनले बताए । खेलमा गरिएको प्रदर्शन विगतका दिनहरूमा खाएको खानामा भर पर्ने उनको मान्यता छ । एक सफल क्रिकेटर र स्वस्थ व्यक्ति बन्न चाहनेहरूका लागि उनको सन्देश छ– सन्तुलित आहार नै स्वस्थ जीवनको मूल मन्त्र हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register