बिहीबार १३.९५ अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । आज नेप्से परिसूचक १३.९५ अंकले बढेर २७४८.७८ बिन्दुमा पुगेको हो । नेप्सेमा कुल ३ सय २१ कम्पनी सेयर २ करोड १६ लाख ६० हजार ६ सय ३९ कित्ता सेयर खरिद बिक्री हुँदा १० अर्ब ३२ करोड माथिको सेयर कारोबार भएको […]

Nov 14, 2024 - 09:41
 0
बिहीबार १३.९५ अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । आज नेप्से परिसूचक १३.९५ अंकले बढेर २७४८.७८ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३ सय २१ कम्पनी सेयर २ करोड १६ लाख ६० हजार ६ सय ३९ कित्ता सेयर खरिद बिक्री हुँदा १० अर्ब ३२ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार जानकी फाइनान्सको भएको छ । यस कम्पनीको ३५ करोड २४ लाख ९९ हजार ३ सय ८९. १० रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

त्यस्तै, आजको बजारमा गुराँस लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । बिहीबार गुराँस लघुवित्तसहित तीन कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

यता, रावा इनर्जी डेभलपमेन्टका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले घटेको हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register