शुक्रबारको रास्वपा आन्दोलनमा स्वर्णिम वाग्ले किन सहभागी भएनन् ?

काठमाडौं । सभापति रवि लामिछाने पक्राउविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले शृङ्खलाबद्ध रूपमा आन्दोलन गरिरहेको छ । एक हप्ता पोखरामा गरिएको आन्दोलन शुक्रबारबाट काठमाडौंकेन्द्रित गरिएको छ । शुक्रबार काठमाडौंको माइतीघर मण्डलामा आन्दोलन थियो । त्यहाँ रास्वपाका सबै नेताहरू थिए । तर, उपसभापति डा. स्वर्णिम वाग्ले भने सहभागी भएनन् । यसबारे जिज्ञासा राख्दा उनको सचिवालयले ‘विपक्षी […]

Oct 26, 2024 - 03:01
 0
शुक्रबारको रास्वपा आन्दोलनमा स्वर्णिम वाग्ले किन सहभागी भएनन् ?

काठमाडौं । सभापति रवि लामिछाने पक्राउविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले शृङ्खलाबद्ध रूपमा आन्दोलन गरिरहेको छ ।

एक हप्ता पोखरामा गरिएको आन्दोलन शुक्रबारबाट काठमाडौंकेन्द्रित गरिएको छ । शुक्रबार काठमाडौंको माइतीघर मण्डलामा आन्दोलन थियो । त्यहाँ रास्वपाका सबै नेताहरू थिए ।

तर, उपसभापति डा. स्वर्णिम वाग्ले भने सहभागी भएनन् । यसबारे जिज्ञासा राख्दा उनको सचिवालयले ‘विपक्षी दलहरूसँगको भेटमा व्यस्त हुनुहुन्थ्यो’ भन्ने जवाफ दियो ।

“उहाँ आज विपक्षी दलका नेताहरूसँग भेटघाटमा व्यस्त हुनुहुन्थ्यो । त्यसैले आन्दोलनमा सरिक हुन पाउनुभएन,” सचिवालयले भन्यो ।

तर, कतिपयले भने स्वर्णिम अर्को दिन हुने आन्दोलनहरूमा पनि सहभागी नहुने हुन् कि भन्ने आकलन गरेका छन् ।

आफू अनुसन्धानमा तानिएर प्रहरी हिरासतमा हुँदासमेत रवि लामिछानेले कार्यवाहक दिएका छैनन् भने अर्कोतिर रवि लामिछाने अब चाँडै बाहिर निस्किन नसक्ने आकलन गरिन्छ ।

त्यसो त स्वर्णिम नेपाली कांग्रेसको पृष्ठभूमि भएका नेता हुन् । उनी महत्वाकाङ्क्षी नेतासमेत हुन् । यसअघि उनले एक अन्तर्वार्तामा आफू नेतृत्व लिनेगरी नै अगाडि जाने अभिव्यक्ति दिएका थिए ।

यता जीबी राईले पठाएको भनिएको एक पत्र चर्चामा छ । उक्त पत्र जीबीले नै पठाएको र त्य

हाँ लेखिएको कुरा सत्य पुष्टि भएको खण्डमा रास्वपा र तिनका नेताहरूको कन्तबिजोक हुने देखिन्छ । कतै स्वर्णिमलाई यसबारे प्री-इन्फमेसन छ कि ?

ठीक यही पृष्ठभूमिमा उनी रास्वपाको आन्दोलनमा सहभागी नहुनुलाई महत्त्वपूर्ण रूपमा हेरिएको छ । त्यसो त उनी पोखराको हरेक दिनका आन्दोलनमा सहभागी थिए ।

अर्कोतिर यता रास्वपा नेताहरूले आफूहरूको आन्दोलन सभापति रवि लामिछानेका लागि नभइ सहकारी पीडितका लागि भनेर कुरा फेर्ने गरेका छन् ।

शुक्रबारको आन्दोलनमा रास्वपा नेता डा. तोसिमा कार्कीले भनिन्, “रवि लामिछाने रिहाइ भएपनि हाम्रो आन्दोलन रोकिँदैन । सहकारी पीडितले जहिलेसम्म आफ्नो बचन पाउँदैनन्, त्यसबेलासम्म हाम्रो आन्दोलन रोकिँदैन । हाम्रो आन्दोलन व्यक्ति रवि लामिछानेका लागि होइन, सहकारी पीडितका लागि हो ।”

त्यसो त रास्वपाले रवि लामिछाने पक्राउपछि मात्रै आन्दोलन सुरु गरेको हो । त्यसअघि उसले कुनै आन्दोलन गर्ने योजनासमेत बनाएको थिएन तर, रवि लामिछाने कात्तिक २ गते पक्राउ पर्नेबित्तिकै विरोध प्रदर्शन सुरु भयो ।

एक हप्ता पोखरामा विरोध प्रदर्शन गरेको रास्वपाले शुक्रबारबाट काठमाडौं प्रदर्शन थालेको छ । पोखरामा रवि लामिछानेको पक्षमा एक ठाउँ प्रदर्शन भइरहँदा छेवैमा सहकारी पीडितहरूको आन्दोलन हुन्थ्यो । तर, अहिले भने रास्वपाले आफूहरूको आन्दोलन पनि सहकारी पीडितकै आन्दोलन भन्न थालेको छ ।

सुरुमा रवि लामिछाने पक्राउ ‘प्रतिशोध’ भएको र त्यसविरुद्ध आफूहरूले शृङ्खलाबद्ध आन्दोलन गर्ने बताएका रास्वपा नेताहरूले अहिले कुरा फेरेर आफूहरूको आन्दोलन सहकारी पीडितकै लागि भएको बताउने गरेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register