काँकरभिट्टा नाकाबाट आयातभन्दा निर्यात बढी

झापा, १० मंसिर । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्ष २०८१/८२ को प्रथम त्रैमासिक अवधिमा रु सात अर्ब ८२ करोड ५५ लाख चार हजारको कृषि बाली भारत निर्यात भएको छ । आयातको तुलनामा कृषि वस्तुको निर्यात सात गुणा बढी रहेको प्लान्ट क्वारेन्टाइन कार्यालय काँकडभिट्टाले जनाएको छ । उक्त त्रैमासिक अवधिमा पूर्वीनाका काँकडभिट्टाबाट रु ७९ करोड ६३ [...] The post काँकरभिट्टा नाकाबाट आयातभन्दा निर्यात बढी appeared first on Jhapa Online.

Nov 26, 2024 - 01:18
 0
काँकरभिट्टा नाकाबाट आयातभन्दा निर्यात बढी

झापा, १० मंसिर । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्ष २०८१/८२ को प्रथम त्रैमासिक अवधिमा रु सात अर्ब ८२ करोड ५५ लाख चार हजारको कृषि बाली भारत निर्यात भएको छ ।

आयातको तुलनामा कृषि वस्तुको निर्यात सात गुणा बढी रहेको प्लान्ट क्वारेन्टाइन कार्यालय काँकडभिट्टाले जनाएको छ । उक्त त्रैमासिक अवधिमा पूर्वीनाका काँकडभिट्टाबाट रु ७९ करोड ६३ लाख १० हजारको कृषि बाली आयात भएको छ ।

कार्यालयका सूचना अधिकारी चन्द्रेश्वर ठाकुरका अनुसार रु चार अर्ब ४८ लाखको चिया, रु एक अर्ब ५५ करोडको अलैँची, रु एक अर्ब पाँच करोडको प्लाई तथा भेनियर, रु ३३ करोड ९६ लाखको अम्लिसो रु २० करोड ५५ लाखको अदुवा, रु छ करोड ४८ लाखको बन्दाकोभी, रु एक करोड ५५ लाखको मसुरो दाल, रु ५१ लाख १९ हजारको जडीबुटी र रु ११ करोड ५३ लाखको अन्य कृषि बाली भारत निर्यात भएको छ ।

सोही अवधिमा आयात भएका वस्तुमा गेडागुडी (दलहन), ताजा फलफूल, आलु, लसुन, कोदोलगायत कृषि बाली रहेका छन् । चार महिनामा रु २२ करोड ३१ लाखको गेडागुडी, रु १५ करोड ३० लाखको आलु, रु १४ करोड १३ लाखको ताजा फलफूल, रु ११ करोड सात लाखको लसुन, रु छ करोड ४४ लाखको कोदो, रु पाँच करोड ३४ लाखको सागसाब्जी र रु पाँच करोड दुई लाखको अन्य कृषि बाली आयात भएको छ ।

कृषि बालीहरूको निर्यात बढ्दै जानुले भारतसँगको व्यापार घाटा कम गर्न महत्त्वपूर्ण सहयोग पुर्याउने उहाँ बताउनुहुन्छ । पूर्वी पहाडी जिल्ला इलाम, पाँचथर र ताप्लेजुङमा उत्पादित अलैँची, अदुवा, चिया, जडीबुटी र तरकारी बालीले पछिल्लो समय भारतीय बजारमा उच्च मागसँगै राम्रो मूल्य पाउने गरेको छ ।

पहाडी जिल्लाबाट कच्चा पदार्थ सङ्कलन गरेर झापामा सञ्चालित प्लाई तथा भेनियर उद्योगले समेत निर्यातमा उत्साहजनक योगदान दिइरहेका छन् । यद्यपि, लसुन, आलु, कोदो, ताजा तरकारी र फलफूलमा भारतीय निर्भरता अझै घट्न सकेको छैन ।

The post काँकरभिट्टा नाकाबाट आयातभन्दा निर्यात बढी appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register