इमरान खानलाई रिहा गर्नुपर्ने मागसहित सरकारी कार्यालयतर्फ अघि बढे पीटीआई समर्थक

काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको रिहाइ माग गर्दै  पीटीआई समर्थकहरू डी–चोकतर्फ लागेका छन् । मंगलबार बिहान सुरक्षाफौजहरू पीटीआई समर्थकसँग झडपका लागि तयारी गर्दै गर्दा डी–चोकमा स्थिति तनावपूर्ण देखिएको हो । समर्थक आफ्नो गन्तव्यभन्दा अहिले १० किलोमिटरभित्र रहेको अलजजिराले जनाएको छ । इस्लामावादको सरकारी भवन अगाडिको सार्वजनिक स्थानलाई डी–चोक भनिन्छ । त्यहाँ पीटीआईका समर्थकले भेला […]

Nov 26, 2024 - 07:41
 0
इमरान खानलाई रिहा गर्नुपर्ने मागसहित सरकारी कार्यालयतर्फ अघि बढे पीटीआई समर्थक

काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको रिहाइ माग गर्दै  पीटीआई समर्थकहरू डी–चोकतर्फ लागेका छन् ।

मंगलबार बिहान सुरक्षाफौजहरू पीटीआई समर्थकसँग झडपका लागि तयारी गर्दै गर्दा डी–चोकमा स्थिति तनावपूर्ण देखिएको हो । समर्थक आफ्नो गन्तव्यभन्दा अहिले १० किलोमिटरभित्र रहेको अलजजिराले जनाएको छ ।

इस्लामावादको सरकारी भवन अगाडिको सार्वजनिक स्थानलाई डी–चोक भनिन्छ । त्यहाँ पीटीआईका समर्थकले भेला हुने योजना बनाएका थिए ।

प्यारामिलिटरी फोर्स रेंजर्सलाई पहिलो प्रतिरक्षा लाइनका रूपमा तैनाथ गरिएको छ, जबकि प्रहरी दङ्गा नियन्त्रण सामग्रीसहित तयारी गर्दै छन् । प्रदर्शनकारीलाई रोक्न अधिकारीले पानीको फोहरासमेत तैनाथ गरेका छन् ।

गृहमन्त्री मोहसिन नकवीले सोमबार राति पत्रकार सम्मेलनमा चेतावनी दिँदै रेड जोनमा प्रवेश गर्ने प्रदर्शनकारीलाई पक्राउ गरेर कारबाही गरिने बताएका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register