लघुवित्तले सेयर, डिबेञ्चर र म्युचुअल फण्डमा लगानी गर्न पाउने

काठमाडौँ । लघुवित्त वित्तीय संस्थाहरुले अब सेयर, डिबेञ्चर र सामूहिक लगानी कोषमा लगानी गर्न पाउने भएका छन् । मंगलबार लघुवित्त वित्तीय संस्थालाई एकीकृत निर्देशन, २०७९ (संशोधनसहित) जारी गर्दै राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो । योसँगै अब लघुवित्तहरुले सेयर, डिबेञ्चर र सामूहिक लगानी कोषमा लगानी गर्न बाटो खुला भएको छ । सेयर, डिबेञ्चर र सामूहिक […]

Jan 8, 2025 - 04:06
 0
लघुवित्तले सेयर, डिबेञ्चर र म्युचुअल फण्डमा लगानी गर्न पाउने

काठमाडौँ । लघुवित्त वित्तीय संस्थाहरुले अब सेयर, डिबेञ्चर र सामूहिक लगानी कोषमा लगानी गर्न पाउने भएका छन् । मंगलबार लघुवित्त वित्तीय संस्थालाई एकीकृत निर्देशन, २०७९ (संशोधनसहित) जारी गर्दै राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो ।

योसँगै अब लघुवित्तहरुले सेयर, डिबेञ्चर र सामूहिक लगानी कोषमा लगानी गर्न बाटो खुला भएको छ । सेयर, डिबेञ्चर र सामूहिक लगानी कोषमा गरेको लगानीलाई लघुवित्तहरुले प्राथमिक पुँजीकोषमा गणना गर्न भने पाउने छैनन् ।

तर, राष्ट्र बैंकको समेत लगानी रहेको नेसनल बैंकिङ इन्स्टिच्युट, नेपाल क्लियरिङ हाउस, कर्जा सूचना केन्द्र र नेपाल फिनसफ्ट कम्पनीमा लगानी गर्दा भने उक्त लगानी प्राथमिक पुँजीकोषमा गणना गर्न पाउने राष्ट्र बैंकले जनाएको छ ।

त्यस्तै, राष्ट्र बैंकले उक्त निर्देशनमार्फत लघुवित्तहरुलाई नेपाल वित्तीय प्रतिवेदनमान (एनएफआरएस) अनुसार वित्तिय विवरण तयार गर्न निर्देशन दिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register