रवि लामिछानेलाई धरौटीमा रिहा गर्न अदालतको आदेश

काठमाडौं । सूर्यदर्शन सहकारी ठगी मुद्दामा रास्वपा सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ । जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको एकल इजलासले बिहीबार सो आदेश दिएको सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए । बिहीबार मात्रै सो मुद्दामा थुनछेक बहस सकिएको थियो । लामिछानेमाथि सम्पत्ति शुद्धीकरणमा २७ करोड ८९ लाख ४४ हजार […]

Jan 9, 2025 - 12:15
 0
रवि लामिछानेलाई धरौटीमा रिहा गर्न अदालतको आदेश

काठमाडौं । सूर्यदर्शन सहकारी ठगी मुद्दामा रास्वपा सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ ।

जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको एकल इजलासले बिहीबार सो आदेश दिएको सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए ।

बिहीबार मात्रै सो मुद्दामा थुनछेक बहस सकिएको थियो ।

लामिछानेमाथि सम्पत्ति शुद्धीकरणमा २७ करोड ८९ लाख ४४ हजार सात सय रुपैयाँ बिगो दाबीसहित मुद्दा दर्ता गरिएको थियो ।

लामिछानेमाथि सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धिकरणको आरोप छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register