पुरुष एशिया कप क्रिकेटमा श्रीलंकासँग नेपाल ५५ रनले पराजित

काठमाडौं । एसीसी १९ वर्षमुनिको पुरुष एशिया कप क्रिकेटमा नेपाल पहिलो खेलमा श्रीलंकासँग ५५ रनले पराजित भएको छ । शुक्रबार श्रीलंकाले दिएको २३४ रनको लक्ष्य पछ्याएको नेपाल ४६ ओभर २ बलमा १७८ रनमा ‘अलआउट’ भएर पराजित भएको  हो । नेपालका मयन यादवले सबैभन्दा धेरै ६२ रन बनाए भने श्रीलंकाका प्रभीन मनीषाले ३ विकेट लिए  । […]

Nov 29, 2024 - 12:53
 0
पुरुष एशिया कप क्रिकेटमा श्रीलंकासँग नेपाल ५५ रनले पराजित

काठमाडौं । एसीसी १९ वर्षमुनिको पुरुष एशिया कप क्रिकेटमा नेपाल पहिलो खेलमा श्रीलंकासँग ५५ रनले पराजित भएको छ ।

शुक्रबार श्रीलंकाले दिएको २३४ रनको लक्ष्य पछ्याएको नेपाल ४६ ओभर २ बलमा १७८ रनमा ‘अलआउट’ भएर पराजित भएको  हो ।

नेपालका मयन यादवले सबैभन्दा धेरै ६२ रन बनाए भने श्रीलंकाका प्रभीन मनीषाले ३ विकेट लिए  ।

यसअघि यूएईको शारहाजमा टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलंकाले ५० ओभरमा सबै विकेट गुमाएर २३३ रन बनायो । श्रीलंकाका शारुजन शानमुगनाथनले ६२ रन बनाए । नेपालका सन्तोष यादवले ४ विकेट लिए।

नेपालले समूह चरणको दोस्रो खेल  आईतबार बंगलादेशसँग र तेस्रो तथा अन्तिम खेलमा मंसिर १८ गते अफगानिस्तानसँग खेल्नेछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register