बालाचतुर्दशी: शिवालयमा दीपदान गर्ने श्रद्धालुहरूको भीड (तस्वीरहरु)

काठमाडौं। नेपाली हिन्दु समुदायले मंसिर शुक्ल चतुर्दशीका दिन पितृ शान्तिका लागि मनाइने बालाचतुर्दशी पर्व  शनिबार  विशेष पूजा र अनुष्ठानसहित मनाउँदैछन्। शुक्रबार साँझ पशुपतिनाथ मन्दिरलगायतका देशभरका शिवालयमा श्रद्धालुहरू राति जाग्राम बसेर दिवंगत पितृको सम्झनामा दीप प्रज्वलन गर्ने गर्दछन्। धार्मिक विश्वासअनुसार, पितृ मोक्षका लागि यो पर्व महत्त्वपूर्ण मानिन्छ। बालाचतुर्दशीको अवसरमा रातभर भगवान् शिवको आराधना गर्दै भक्तजनहरूले भजनकीर्तन […]

Nov 29, 2024 - 15:41
 0
बालाचतुर्दशी: शिवालयमा दीपदान गर्ने श्रद्धालुहरूको भीड (तस्वीरहरु)

काठमाडौं। नेपाली हिन्दु समुदायले मंसिर शुक्ल चतुर्दशीका दिन पितृ शान्तिका लागि मनाइने बालाचतुर्दशी पर्व  शनिबार  विशेष पूजा र अनुष्ठानसहित मनाउँदैछन्।

शुक्रबार साँझ पशुपतिनाथ मन्दिरलगायतका देशभरका शिवालयमा श्रद्धालुहरू राति जाग्राम बसेर दिवंगत पितृको सम्झनामा दीप प्रज्वलन गर्ने गर्दछन्।

धार्मिक विश्वासअनुसार, पितृ मोक्षका लागि यो पर्व महत्त्वपूर्ण मानिन्छ। बालाचतुर्दशीको अवसरमा रातभर भगवान् शिवको आराधना गर्दै भक्तजनहरूले भजनकीर्तन र कथा वाचन गर्ने परम्परा समेत रहिआएको छ।

पर्वको मुख्य दिन भोलि शनिबार बिहान श्रद्धालुहरूले सात प्रकारका अन्न ( शतबीज ) छर्दै आफ्नो पितृप्रति श्रद्धा प्रकट गर्नेछन्। गहुँ, मकै, चना, तील, तोरी, सिमी, र कालो तीललाई शतबीजका रूपमा प्रयोग गरिन्छ।

तस्वीरहरु –

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register