प्रोटोन ब्राण्डको पहिलो विद्युतीय कार ‘ई-मास सेभेन’ नेपाली बजारमा आउँदै
काठमाडौं । मलेसियाली अटोमोबाइल ब्रान्ड प्रोटोनको पहिलो विद्युतीय गाडी ‘ई-मास सेभेन’ (E.Mas7) नेपाली बजारमा आउने भएको छ । केही समयअघि ग्लोबल लन्च गरिएको यो गाडी नेपाल भित्रिन लागेको हो । नेपालस्थित प्रोटोन ब्राण्डको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले चाँडै नै यो गाडी नेपाल भित्र्याउन लागेको हो । तर नेपालमा सार्वजनिक हुने मिति घोषणा भइसकेको छैन । कम्पनीले प्राइम र प्रिमियम गरी दुई भेरियन्टका गाडी सार्वजनिक गरेको छ । प्राइम भेरियन्टमा ४९.५२ किलोवाट आवर क्षमताको ब्याट्री रहेको छ, जसल...

What's Your Reaction?






