बिचौलियाको काम गरेको आरोपमा १८ जना पक्राउ

पर्सा। प्रहरीले पर्साको वीरगन्जको बसपार्क क्षेत्र तथा यातायात कार्यालयमा यात्रुहरूलाई दुःख हैरानी दिने १८ जना बिचौलियालाई पक्राउ गरेको छ ।वीरगञ्ज महानगरपालिका–१६ बसपार्क क्षेत्रमा यात्रुहरूलाई दुःख हैरानी दिने तथा यातायात कार्यालयमा आएका सेवाग्राहीहरूलाई काम छिटो छरितो गराइदिन्छु भनी पैसाको मोलमोलाइ गर्ने, कार्यालय परिसरमा अनधिकृत रूपमा प्रवेश गरी काम मिलाइदिन्छु भनी प्रलोभनमा पारी कानून विपरीत अत्यधिक सेवा […]

Nov 29, 2024 - 16:40
 0
बिचौलियाको काम गरेको आरोपमा १८ जना पक्राउ

पर्सा।

प्रहरीले पर्साको वीरगन्जको बसपार्क क्षेत्र तथा यातायात कार्यालयमा यात्रुहरूलाई दुःख हैरानी दिने १८ जना बिचौलियालाई पक्राउ गरेको छ ।वीरगञ्ज महानगरपालिका–१६ बसपार्क क्षेत्रमा यात्रुहरूलाई दुःख हैरानी दिने तथा यातायात कार्यालयमा आएका सेवाग्राहीहरूलाई काम छिटो छरितो गराइदिन्छु भनी पैसाको मोलमोलाइ गर्ने, कार्यालय परिसरमा अनधिकृत रूपमा प्रवेश गरी काम मिलाइदिन्छु भनी प्रलोभनमा पारी कानून विपरीत अत्यधिक सेवा शुल्क लिने १८ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

पक्राउ पर्नेमा सबैभन्दा धेरै पर्साका १५ जना छन् । यस्तै रौतहट, गोरखा र भारतको बिहारका एक-एक जना रहेका जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक किशोर लम्सालले बताए । उनीहरूमाथि शान्तिविरुद्धको कसूरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

उनीहरुले बिचौलियाको काम गरेको उजुरीको आधारमा अनुगमन गर्दा पनि उनीहरुको कृयाकलाप शंखास्पद देखिएपछि पक्राउ गरिएको पनि पर्सा प्रहरीले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register