एनसेल बन्यो लुम्बिनी लायन्सको मुख्य प्रायोजक

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को टोली लुम्बिनी लायन्सको मुख्य प्रायोजक एनसेलले गर्ने भएको छ । आइतबार आयोजित एक कार्यक्रममा लुम्बिनी लायन्स र एनलेसबीच सम्झौता भएको हो । लुम्बिनी लायन्सका अध्यक्ष इश्वर जिसी र एनसेलका प्रमुख कार्यकारी अधिकृत एवम् प्रबन्ध निर्देशक जब्बर काइमोभले सम्झौता पत्रमा हस्ताक्षर गरे। टोलीका ब्रान्ड एम्बेसडर राजेश हमाल, कप्तान रोहितकुमार पौडेल, […]

Dec 1, 2024 - 06:53
 0
एनसेल बन्यो लुम्बिनी लायन्सको मुख्य प्रायोजक

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को टोली लुम्बिनी लायन्सको मुख्य प्रायोजक एनसेलले गर्ने भएको छ ।

आइतबार आयोजित एक कार्यक्रममा लुम्बिनी लायन्स र एनलेसबीच सम्झौता भएको हो ।

लुम्बिनी लायन्सका अध्यक्ष इश्वर जिसी र एनसेलका प्रमुख कार्यकारी अधिकृत एवम् प्रबन्ध निर्देशक जब्बर काइमोभले सम्झौता पत्रमा हस्ताक्षर गरे।

टोलीका ब्रान्ड एम्बेसडर राजेश हमाल, कप्तान रोहितकुमार पौडेल, अध्यक्ष जिसी, काइमोभलगायत खेलाडीको उपस्थितिमा लुम्बिनी लायन्सले जर्सी सार्वजनिक गरे।

एनलेस एनपीएलको पावर्ड बाई पार्टनरको रूपमा पनि रहेको छ ।

शनिबार सुरु भएको एनपीएलमा लुम्बिनीले आफ्नो पहिलो खेल बुधबार विराटनगर किंग्ससँग प्रतिस्पर्धा गर्नेछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register