झापामा मागको एक तिहाइ मात्र बेसार उत्पादन

सन्तोष शर्माझापा, १६ मंसिर । झापामा उत्पादित बेसारले मागको ३० प्रतिशत मात्र माग धान्ने गरेको छ । भान्सामा दिनहुँ प्रयोग हुने बेसार जिल्लामा उत्पादनका हिसाबले हेर्दा एक तिहाइ मात्र पूर्ति हुने कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले जानकारी दिनुभयो । झापामा गत वर्ष दुई सय ३० हेक्टरमा करिब एक हजार आठ सय ५६ टन [...] The post झापामा मागको एक तिहाइ मात्र बेसार उत्पादन appeared first on Jhapa Online.

Dec 1, 2024 - 13:24
 0
झापामा मागको एक तिहाइ मात्र बेसार उत्पादन

सन्तोष शर्मा
झापा, १६ मंसिर ।
झापामा उत्पादित बेसारले मागको ३० प्रतिशत मात्र माग धान्ने गरेको छ ।

भान्सामा दिनहुँ प्रयोग हुने बेसार जिल्लामा उत्पादनका हिसाबले हेर्दा एक तिहाइ मात्र पूर्ति हुने कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले जानकारी दिनुभयो । झापामा गत वर्ष दुई सय ३० हेक्टरमा करिब एक हजार आठ सय ५६ टन बेसार उत्पादन भएको थियो ।

“उत्पादित बेसारलाई प्रशोधन गरेपछि झण्डै चार लाख केजी धुलो बेसार हुन्छ”, उहाँले भन्नुभयो, “जिल्लामा बेसार खपतका हिसाबमा हेर्ने हो भने यो ३० प्रतिशतको हाराहारीमा पुग्छ ।” झापामा इलाम र सुनसरीबाट बेसार आउने गरेको विष्ट बताउनुहुन्छ ।

जिल्लामा स्थानीय जातका बेसार खेती हुने गरेको छ । झापाको कचनकवल, दमक, अर्जुनधारा लगायतका बेसार खेती हुने गरेको छ ।

जिल्लामा खुलेका साना–ठूला मसला प्रशोधन उद्योगका कारण बेसार खेतीतर्फ कृषक आकर्षित हुन थालेका छन् । कचनकवलको साथी कृषिफर्म, बिर्तामोडको मेची खाद्य प्रशोधन उद्योग र दमकको सेतुमारी कृषि सहकारीले बेसार प्रशोधन गर्दै आएको छ ।

यी तीन वटा संस्थालाई प्रशोधन मेसिन र आवश्वयक पूर्वाधार निर्माणका लागि रू ६० लाख अनुदान उपलब्ध गराइएको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ । “दमकमा कृषि सहकारीले सदस्यलाई बेसार उत्पादन गर्न प्रोत्साहन गर्न थालेपछि खेती गर्ने कृषकको संख्या बृद्धि भएको छ”, प्रमुख विष्टले भन्नुभयो, “झापामा बेसार खेतीको सम्भावना पनि धेरै छ ।”

झापाका भारतीय सीमावर्ती क्षेत्रबाट वैध–अवैध रुपमा बेसार भित्रिँदा चुनौती देखिएको विष्टले बताउनुभयो । “भारतको बेसार सस्तो छ”, उहाँले भन्नुभयो, “जसले चुनौती पनि देखिन्छ ।”

कृषकले समेत माटोसहितको बेसार बेच्न लाँदा उचित मूल्य नपाउने अवस्था छ । आफूले उत्पादन गरेको बेसारलाई सफा बनाएर बेच्न लाँदा राम्रो मूल्य पाउने विष्टको भनाइ छ । झापामा गत वर्ष प्रतिकेजी गोटा बेसार रू १३० देखि रू १५० सम्ममा बिक्री भएको थियो । बजारमा धुलो बेसारको मूल्य रू ३५० देखि रू ५०० सम्म रहेको छ ।

The post झापामा मागको एक तिहाइ मात्र बेसार उत्पादन appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register