३७ स्थानको मतपरिणाम सार्वजनिक हुँदा कुन पार्टीले कति जिते ?

काठमाडौं । स्थानीय तह उपनिर्वाचनअन्तर्गत हालसम्म ३७ स्थानको मतपरिणाम सार्वजनिक भएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको मतपरिणामअनुसार नेपाली कांग्रेसले सबैभन्दा धेरै १६ वडा जितेको छ । यस्तै, माओवादी केन्द्रले एक गाउँपालिका अध्यक्ष, एक उपाध्यक्षसहित ६ वडा जितेको छ । सूचीमा माओवादी दोस्रो स्थानमा छ । यस्तै, नेकपा एमालेले एक पालिका अध्यक्ष, एक उपाध्यक्षसहित ५ […]

Dec 2, 2024 - 05:23
 0
३७ स्थानको मतपरिणाम सार्वजनिक हुँदा कुन पार्टीले कति जिते ?

काठमाडौं । स्थानीय तह उपनिर्वाचनअन्तर्गत हालसम्म ३७ स्थानको मतपरिणाम सार्वजनिक भएको छ ।

निर्वाचन आयोगले सार्वजनिक गरेको मतपरिणामअनुसार नेपाली कांग्रेसले सबैभन्दा धेरै १६ वडा जितेको छ ।

यस्तै, माओवादी केन्द्रले एक गाउँपालिका अध्यक्ष, एक उपाध्यक्षसहित ६ वडा जितेको छ । सूचीमा माओवादी दोस्रो स्थानमा छ ।

यस्तै, नेकपा एमालेले एक पालिका अध्यक्ष, एक उपाध्यक्षसहित ५ वडा आफ्नो पोल्टामा पारेको छ ।

साथै, जनता समाजवादी पार्टी, नेपालले २ वडाध्यक्ष जितेको छ भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), एकीकृत समाजवादी, नेपाल मजदुर किसान पार्टी, स्वतन्त्रले एक-एक स्थानमा जित हासिल गरेको आयोगले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register