‘अति भयो’ भन्दै सूर्यदर्शनका पीडितहरु सहकारी चलाउन आफैँ तम्सिए, फसेको ऋण पनि आफैँ उठाउने !

काठमाडौँ । पोखराको सूर्यदर्शन सहकारीका पीडितहरु आफैँ सहकारी चलाउन तम्सिएका छन् । सहकारीमा करोडौँ बचत फसेको महिनौँ बितिसक्दा पनि बचत फिर्ताको लागि कसैले चासो नदेखाएको भन्दै पीडितहरु आफैँ सहकारी चलाउन तम्सिएका हुन् । उनीहरुले मंगलबार साधारण सभामार्फत सञ्चालक समिति चयन गर्ने र सोही समितिले सहकारीमा फसेको ऋण उठाउन पहल गर्ने तयारी गरेको सहकारीका एक बचतकर्ताले […]

Dec 2, 2024 - 05:23
 0
‘अति भयो’ भन्दै सूर्यदर्शनका पीडितहरु सहकारी चलाउन आफैँ तम्सिए, फसेको ऋण पनि आफैँ उठाउने !

काठमाडौँ । पोखराको सूर्यदर्शन सहकारीका पीडितहरु आफैँ सहकारी चलाउन तम्सिएका छन् । सहकारीमा करोडौँ बचत फसेको महिनौँ बितिसक्दा पनि बचत फिर्ताको लागि कसैले चासो नदेखाएको भन्दै पीडितहरु आफैँ सहकारी चलाउन तम्सिएका हुन् ।

उनीहरुले मंगलबार साधारण सभामार्फत सञ्चालक समिति चयन गर्ने र सोही समितिले सहकारीमा फसेको ऋण उठाउन पहल गर्ने तयारी गरेको सहकारीका एक बचतकर्ताले बताएका छन् ।

यसो त सहकारीका बचतकर्ताहरुले गत कार्तिक २५ गतेदेखि नै सहकारीको कार्यालय खोलेका छन् । उनीहरुले कार्यालयबाटै ऋण तिर्न बाँकी रहेको ऋणीहरुलाई सम्पर्क गरेर ऋण तिर्न ताकेता गर्दै आएका छन् । सहकारी दैनिक बचतकर्ताले नै खोलछन् र उनीहरुले नै बन्द गर्छन् ।

त्यस्तै, उनीहरुले दैनिक सहकारी खोल्ने र ऋण असुली गर्नेगरी पोखरा महानगर र प्रहरीसँगसमेत समन्वय भएको बताएका छन् । अहिले बचत फिर्ता र बाँडफाँड भन्दा पनि सहकारीमा फसेको ऋण असुलीमा आफूहरु केन्द्रित भएको पीडितहरुले बताएका छन् । ऋण असुली मात्र होइन, उनीहरुले सहकारीमा आउने सेवाग्राहीको गुनासो पनि आफैँ संकलन गरिरहेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register