कोशीमा नयाँ मन्त्री : विवादमा आएका अधिकारीको ठाउँमा भण्डारी

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नयाँ मन्त्री थपेका छन् । सोमबार चौथोपटक मन्त्रिपरिषद् विस्तार गर्दै आफ्नै दल नेकपा (एमाले)का रेवतीरमण भण्डारीलाई आन्तरिक मामिला तथा कानुनमन्त्री बनाएका हुन् । यसअघि उक्त मन्त्रालयका मन्त्री लीलाबल्लभ अधिकारीलाई मानव तस्करीको आरोप लागेको थियो । विवादमा आएपछि उनले राजीनामा दिएका थिए । सोही ठाउँ भण्डारीले भरेका हुन् । […]

Dec 3, 2024 - 01:29
 0
कोशीमा नयाँ मन्त्री : विवादमा आएका अधिकारीको ठाउँमा भण्डारी

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नयाँ मन्त्री थपेका छन् । सोमबार चौथोपटक मन्त्रिपरिषद् विस्तार गर्दै आफ्नै दल नेकपा (एमाले)का रेवतीरमण भण्डारीलाई आन्तरिक मामिला तथा कानुनमन्त्री बनाएका हुन् ।

यसअघि उक्त मन्त्रालयका मन्त्री लीलाबल्लभ अधिकारीलाई मानव तस्करीको आरोप लागेको थियो । विवादमा आएपछि उनले राजीनामा दिएका थिए । सोही ठाउँ भण्डारीले भरेका हुन् ।

भण्डारी एमालेका संसदीय दलका प्रमुख सचेतक पनि हुन् । कानूनी पृष्ठभूमिका अधिकारी मन्त्री रहेको आन्तरिक मामिला मन्त्रालयमा कानूनी पृष्ठभूमि भण्डारी मन्त्री बनेका हुन् । सुनसरी २ (१) बाट प्रदेशसभामा निर्वाचित भएका भण्डारी संविधानसभा सदस्य पनि रहिसकेका छन् ।

चौथोपटक मन्त्रिपरिषद् बिस्ता र हुँदा पनि कोशी सरकारले अझै पूर्णता पाउन सकेको छैन । नेपाली कांग्रेसको भागमा रहेको स्वास्थ्य मन्त्रालय खाली छ । उक्त मन्त्रालय भौतिक पूर्वाधार विकासमन्त्री भूपेन्द्र राईले हेर्दै आएका छन् ।

यसैबीच नवनियुक्त मन्त्री भण्डारीले सोमबार नै प्रदेश प्रमुख परशुराम खापुङबाट शपथ लिएर कार्यभार सम्हालेका छन् ।

मन्त्री नै ‘मानव तस्करी’मा संलग्न, अनुसन्धानमा उन्मुक्ति

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register