अब कक्षा ९ मा मात्रै रजिस्ट्रेसन फाराम भर्नुपर्ने

काठमाडौँ, २५ पुस । आगामी वर्षदेखि कक्षा ९ मा मात्रै रजिस्ट्रेसन फाराम भर्नुपर्ने भएको छ । हाल कक्षा ९ र कक्षा ११ मा गरी विद्यालय तहमा दुई पटक रजिस्ट्रेसन फाराम भर्नुपर्ने बाध्यता छ । उक्त बाध्यताको अन्त्य गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी वर्षदेखि कक्षा ९ मा मात्रै रजिस्ट्रेसन फाराम भर्नुपर्ने व्यवस्था गर्न लागेको [...] The post अब कक्षा ९ मा मात्रै रजिस्ट्रेसन फाराम भर्नुपर्ने appeared first on Jhapa Online.

Jan 9, 2025 - 07:28
 0
अब कक्षा ९ मा मात्रै रजिस्ट्रेसन फाराम भर्नुपर्ने

काठमाडौँ, २५ पुस । आगामी वर्षदेखि कक्षा ९ मा मात्रै रजिस्ट्रेसन फाराम भर्नुपर्ने भएको छ । हाल कक्षा ९ र कक्षा ११ मा गरी विद्यालय तहमा दुई पटक रजिस्ट्रेसन फाराम भर्नुपर्ने बाध्यता छ । उक्त बाध्यताको अन्त्य गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी वर्षदेखि कक्षा ९ मा मात्रै रजिस्ट्रेसन फाराम भर्नुपर्ने व्यवस्था गर्न लागेको हो ।

शिक्षा पत्रकार सञ्जाल (इजोन) ले बिहीबार गरेको साक्षात्कार कार्यक्रममा बोल्दै शिक्षामन्त्री विद्या भट्टराईले दुई पटक रजिस्ट्रेसन फाराम भर्नुपर्ने बाध्यताको अन्त्य गरिएको बताएकी हुन् । त्यो पनि निःशुल्क रूपमा भर्ने व्यवस्था मिलाइएको उनको भनाई छ । राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक प्रमाणपत्र बनाउँदा समेत शुल्क लिने गरेको छ । त्यस्तै विद्यार्थीको रजिष्टेशनको नाममा समेत कक्षा ९ र ११ मा समेत शुल्क लिने गरेको छ । त्यति मात्र नभई त्यही शुल्कबाट नेपाल सरकारले समेत राजश्व उठाउने गरेको छ ।

‘विद्यार्थीसँग रजिस्ट्रेसन शुल्क बापत कक्षा ९ मा शुल्क लिने, त्यो राजश्वको रूपमा जाने गरेको कुरा थाहा पाएपछि रोक्नुपर्छ भनेर म लागे,’ मन्त्री भट्टराईले भनिन्, ‘अहिले ९ कक्षामा रजिस्ट्रेसन शुल्क लिन नपाइने, राजश्वमा पनि नजाने गरी अर्थ मन्त्रालयसँग समेत कुरा भएको छ । त्यतिमात्र नभई प्रधानमन्त्रीको अध्यक्षतामा बसेको राष्ट्रिय विकास समस्या समाधान समितिमा एजेन्डा लगेर पारित गरेका थियौँ ।’

यो निर्णय आगामी वर्षको बजेटबाट कार्यान्वयनमा आउने उनको भनाइ छ । निःशुल्क तथा अनिवार्य शिक्षाको सुरुवात यहिबाट भएको समेत बताइन् । त्यस्तै फाराम भर्ने नाममा विलम्ब शुल्क समेत लिने गरेको छ । मन्त्री भट्टराईले त्यो विलम्ब शुल्क समेत हटाइएको बताइन । शुल्कका नाममा विद्यार्थीहरूबाट विलम्ब शुल्क लिन नपाउने व्यवस्था गरिएको उनको भनाइ छ ।

त्यस्तै शैक्षिक प्रमाणपत्रको नाममा, त्रुटिहरू सच्याउने नाममा समेत शुल्क लिने गरेको छ । त्यसमा लाग्ने शुल्क समेत हटाउने विषयमा आफूले छलफल अगाडि बढाउने मन्त्री भट्टराईले बताइन् ।

The post अब कक्षा ९ मा मात्रै रजिस्ट्रेसन फाराम भर्नुपर्ने appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register