न्यायाधीशसामु रविको आग्रह : सहकारीपीडितको पक्षमा छु, बाहिर बसेर मुद्दा लड्न पाउँ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले आफूलाई थुनामुक्त गर्न अदालतमा आग्रह गरेका छन् । बिहीबार जिल्ला अदालत कास्कीमा न्यायाधीश नितिज राईसँग उनले आफूलाई तारेखमा छाड्न आग्रह गरेका हुन् । आफू सहकारीपीडितको पक्षमा रहेकोसमेत दाबी गरेका छन् । उनले इजलासमा भने, ‘म सुर्यदर्शन सहकारी पीडितका पक्षमा उभिन्छु, सहकारी पीडितका पक्षमा अरू पार्टीभन्दा रास्वपाले […]

Jan 9, 2025 - 07:36
 0
न्यायाधीशसामु रविको आग्रह : सहकारीपीडितको पक्षमा छु, बाहिर बसेर मुद्दा लड्न पाउँ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले आफूलाई थुनामुक्त गर्न अदालतमा आग्रह गरेका छन् ।

बिहीबार जिल्ला अदालत कास्कीमा न्यायाधीश नितिज राईसँग उनले आफूलाई तारेखमा छाड्न आग्रह गरेका हुन् ।

आफू सहकारीपीडितको पक्षमा रहेकोसमेत दाबी गरेका छन् ।

उनले इजलासमा भने, ‘म सुर्यदर्शन सहकारी पीडितका पक्षमा उभिन्छु, सहकारी पीडितका पक्षमा अरू पार्टीभन्दा रास्वपाले नै धेरै काम गरिरहेको छ, हाम्रो पार्टीले दिएका सुझाव सहकारीसम्बन्धी संसदीय समितिको अङ्ग पनि बनेको छ ।’

उनले त्यसअघि भने, ‘थुना बाहिरै बसेर मुद्दा लड्न पाऊँ श्रीमान्, बरू हरेक पटक तारेखमा आउँदा सहकारी पीडितका पक्षमा के-के गरेँ भन्ने रिपोर्टसहित आउनेछु ।’

कम्पनीमा आएको पैसा खर्च गर्नु आफ्नो जिम्मेवारीको कुरा भएको उनले बताएका थिए ।

संसदीय छानबिन समतिले पनि कम्पनी ऐन अनुसार गरिएको र सहकारीबाट पैसा लिने प्रक्रियामा आफ्नो संलग्नता नरहेको लामिछानेले बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register