दैनिक १० घण्टा बन्द गरेर यसरी हुँदैछ त्रिभुवन विमानस्थलको स्तरोन्नति… (तस्विरहरु) 

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गत कात्तिक २३ गतेदेखि दैनिक १० घण्टा (राती १० बजे देखि बिहान ८ बजेसम्म) उडान बन्द गरेर ट्याक्सी वेसँगै इन्टरनेशनल एप्रोन र ह्याङ्गर एप्रोन विस्तारको काम भइरहेको छ । ट्याक्सी वे विस्तारको उद्देश्य विमानस्थलमा हुँदै आएको एयर ट्राफिक कन्जेशन २० प्रतिशतले कम गर्नु हो । जसका लागि अहिले रातिदेखि बिहानसम्म […]

Dec 3, 2024 - 03:53
 0
दैनिक १० घण्टा बन्द गरेर यसरी हुँदैछ त्रिभुवन विमानस्थलको स्तरोन्नति… (तस्विरहरु) 

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गत कात्तिक २३ गतेदेखि दैनिक १० घण्टा (राती १० बजे देखि बिहान ८ बजेसम्म) उडान बन्द गरेर ट्याक्सी वेसँगै इन्टरनेशनल एप्रोन र ह्याङ्गर एप्रोन विस्तारको काम भइरहेको छ ।

ट्याक्सी वे विस्तारको उद्देश्य विमानस्थलमा हुँदै आएको एयर ट्राफिक कन्जेशन २० प्रतिशतले कम गर्नु हो । जसका लागि अहिले रातिदेखि बिहानसम्म धमाधम काम भइरहेको छ ।

रात्रीकालिन कामका लागि १०० जना भन्दा बढी जनशक्ति परिचालन भइरहेको नागरिक उड्डयन प्राधिकरण अन्तर्गत हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले बताएको छ । अहिले तीनवटा काम एकैपटक भइरहेको छ । दक्षिण पश्चिम तर्फ प्यारलल ट्याक्सी वेको काम भइरहेको छ । 

त्यस्तै, पुर्व तिर ह्याङगर डेभलोपमेन्टको काम भइरहेको छ भने उत्तर दक्षिण तर्फ इन्टरनेश्नल एप्रोन र ट्याक्सी वेको काम भइरहेको छ । बाँकी तस्विरमा हेर्नुहोस्ः 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register